coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

रसुवागढी नाका नखुलाउन माग गर्दै प्रशासनलाई पत्र

रसुवा- विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणमा नआएसम्म नाका खुलाउन नहुने भन्दै वडा कार्यालयले जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएको छ।

जिल्लाको गोसाइँकुण्ड गाउँपालिकाको वडा नम्बर २ ले सोमबार प्रशासनलाई नाका नखुलाउन माग गर्दै पत्र लेखेको हो। रसुवागढी नाका यही वडामा पर्छ। देश लकडाउन भएको अवस्थामा नाका खोल्ने निर्णयले जनतामा त्रास सिर्जना भएको भन्दै निर्णयप्रति वडाले आपत्ति जनाएको छ।

यो निर्णय तत्काल फिर्ता लिन वडाले आग्रह गरेको छ। कोरोना नियन्त्रण नहुँदासम्म रसुवागढी तथा वडा क्षेत्रमा आवतजावत गर्न नदिने वडाध्यक्ष दावा दिण्डुप तामाङले बताए। राष्ट्रिय आवश्यकतालाई मध्यनजर गरेर नाका खुलाउन पर्ने भएकाले बन्द गर्न नसकिने रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए।

‘उच्च सुरक्षाको उपाय अपनाएर नाका सञ्चालन हुन्छ,’ उनले भने, ‘अहिले यसको तयारी भइरहेको छ।’ नाका सञ्चालनमा आएपनि अत्यावश्यक सामग्री मात्र ल्याउन दिने र मानिसको आवतजावत गर्न नदिने उनको भनाइ छ।

 

प्रकाशित: १७ चैत्र २०७६ ११:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App