८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

एम्बुलेन्समा स्वास्थ्य जोखिम कम गर्न अस्थायी ‘ब्यारिअर’

ताप्लेजुङ – सम्भावित कोरोना संक्रमणको सन्त्रासका कारण ताप्लेजुङका एम्बुलेन्सहरुमा चालक र बिरामी रहने ठाउँबीचको दुरीमा अस्थायी ‘ब्यारिअर’ निर्माण गरिने भएको छ। 

जिल्ला एम्बुलेन्स सञ्चालक समितिको बैठकले चालक र बिरामी रहने ठाउँ बीचमा अस्थायी घेराबारा लगाउन दिने सहमति गरेको हो। जिल्ला एम्बुलेन्स सञ्चालक समिति अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले संक्रमणको त्रास कायम रहिञ्जेल सम्मका लागि एम्बुलेन्स चालकको स्वास्थ्य हितलाई ध्यानमा राखी यो निर्णय गरिएको जानकारी दिए।

बैठकले स्वास्थ्य कार्यालय ताप्लेजुङमार्फत उपलब्ध हुने गरी यहाँ सञ्चालन हुने १० वटा एम्बुलेन्सका चालकलाई जनही १–१ थानका दरले व्यक्तिगत सुरक्षा सामग्रीको सेट प्रदान गर्ने निर्णय पनि गरेको छ। निमित्त स्वास्थ्य प्रमुख राजकुमार पोखरेलका अनुसार एम्बुलेन्स चालकलाई प्लास्टिकद्धारा निर्मित भित्री एप्रोन १ थान,बाहिरी एप्रोन १ थान,सर्जिकल माक्स १ थान र १ जोर पञ्जा उपलब्ध गराइने छ।

यस्तै अब सदरमुकाम भन्दा बाहिर जाने एम्बुलेन्सहरुले जिल्ला अस्पतालमार्फत जिल्ला प्रशासन कार्यालयमा जानकारी दिनुपर्ने भएको छ। सबै एम्बुलेन्सहरुलाई तयारी हालतमा राख्नुपर्ने प्रयोजनका लागि यस्तो निर्णय गरिएको समेत प्रजिअ निरौलाले जानकारी दिए।

प्रकाशित: १७ चैत्र २०७६ ०९:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App