४ वैशाख २०८१ मंगलबार
समाज

'गोलो घेरा'मा ग्राहक

खोटाङ – सामान किन्दै हुनुहुन्छ ? दिक्तेलबजारमा हुनुहुन्छ भने होस् पु¥याउनुस् है। किराना पशल अगाडि बनाइएको सेतो गोलो घेराभित्र उभिएर मात्र आवश्यक उपभोग्य सामग्री किन्न पाइने व्यवस्था छ।

 कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि उद्योग बाणिज्य संघको पहलमा हरेक किराना तथा खुद्रा पशल अगाडि ग्राहक उभिने गोलो घेरा बनाइएको हो। 

भीडभाड भएको अवस्थामा संक्रमण फैलिने खतरा भएकाले एकले अर्कालाई नछुनुन् भनेर हरेक खुद्रा पशल अगाडि सेतो गोलो घेरा बनाउन लगाइएको बाणिज्य संघका अध्यक्ष उपिनकुमार राईले बताए। बाणिज्य संघको आग्रहमा व्यवसायीले आफ्नो पशल अगाडि तीन÷तीन फिटको दुरीमा गोलो घेरा बनाएका छन्।

बजारका धेरैजसो खुद्रा पशलको ढोकामा पनि डोरी तानेर छेकिएको छ। जुन डोरीले बाहिरका मान्छेलाई झट्ट भित्र प्रवेश गर्न रोक्छ, भित्रका मान्छेलाई पनि बाहिर निस्कन लक्ष्मण रेखाको काम गरिरहेको छ। त्यही भएर ग्राहक पशल अगाडि पुगेर गोलो घेरामा उभिन्छन् र व्यवसायीलाई आवश्यक सामान अर्डर गर्छन्।

 पशलभित्र बसिरहेका व्यवसायीले मागेको सामान प्याक गरेर ढोकाको डोरीभित्रैबाट निश्चित दुरी कायम गरेर ग्राहकलाई सामान थमाउँछन्। पशलमा हुने भीडभाडमा कोरोनाको संक्रमण फैलिन नदिनका लागि बाणिज्य संघको आव्हानमा व्यवसायीले ‘लकडाउन’को दोश्रो दिन ग्राहक उभिने गोलो घेरा बनाएका हुन्।

 दिक्तेल बजारका साना तथा ठूला गरी डेढ सय खुद्रा पशलमा गोलो घेराको व्यवस्था मिलाइएको अध्यक्ष राईले बताए। ‘एकले अर्कालाई नभेटुन्, संक्रमण एकले अर्कालाई नसारुन् भनेर ग्राहक उभिने गोलो घेरा बनाइएको हो,’ बाणिज्य संघका अध्यक्ष राईले भने, ‘गोलो घेराभित्र बसेर किनमेल गर्न÷गराउनका लागि प्रहरीले पनि सहजीकरण गरेर सहयोग गरिरहेका छन्।’

‘लकडाउन’को अवधिमा उपभोग्य सामान किनमेलका लागि दिक्तेलबजारमा बिहान ७ बजेदेखि ९ बजेसम्म र बेलुका ४ बजेदेखि ६ बजेसम्म खुला गरिएको छ। सो अवधिमा पशल अगाडि भीडभाड भएको अवस्थामा गोलो घेरामा बसेर पालैपालो किनमेल गर्नुपर्ने व्यवस्था गरिएको हो। दिक्तेल बाहेक अन्य व्यपारिक केन्द्रमा पनि ग्राहक उभिने घेरा बनाउन आव्हान गरिएको बाणिज्य संघले जनाएको 

प्रकाशित: १७ चैत्र २०७६ ०७:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App