बालबालिकालाई एलर्जीबाट जोगाउन तिनलाई बालककालमै बदाम खुवाउनुपर्ने केही शोधकर्ताहरूको दाबी छ । चार महिनाको उमेरदेखि नै बालबालिकाहरूलाई बदाम खुवाए तिनलाई एलर्जी नहुने बताइएको हो । यो कुरा अमेरिकामा भएको नयाँ शोधपछि खुलासा भएको हो । शोधले देखाएअनुसार शिशुवस्थामा नै बदाम खुवाइँदा ८० प्रतिशतले शिशुहरूमा हुने एलर्जीलाई घटाउन सहयोग हुने बताइएको छ । यो अध्ययन ‘द नेसनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्सियस डिजिज’ले गराएको थियो । संस्थाले यो पत्ता लगाउनुलाई महŒवपूर्ण खोज भनेको छ ।
हुन त शिशुलाई बदामको पूरै दाना खान दिनु हुँदैन किनभने त्यो अड्किने सम्भावना हुन्छ । तर नअड्किने गरी खुवाउन सके र नियमित रुपमा खुवाए एलर्जी कम गर्न सकिने देखिएको हो । अमेरिकामा एलर्जी क्रमशः बढिरहेको छ । सन् २००८ को तुलनामा यतिबेला चार गुणाले एलर्जी बढेको विभिन्न शोधले देखाएको हो ।
एलर्जी बढ्ने क्रम पश्चिमी देश मात्र होइन, एसिया र अफ्रिकामा पनि उत्तिकै छ । यस्तो अवस्थामा संसारभरिका अभिभावकलाई आफ्ना सन्तानलाई कसरी जोगाउने भन्ने चिन्ता बढेर गएको छ । यस्तो अवस्थामा बदाम खुवाएर ढुक्क हुन सकिने अवस्था आउनुलाई धेरैले सकारात्मक मानेका छन् । अहिलेसम्म तीन वर्षभन्दा मुनिका बालबालिकालाई बदाम नखुवाउँदा राम्रो भनिदै आइएकोमा यस अध्ययनपछि जति चाँडो बदाम खुवायो, उति राम्रो हुने देखिएको हो ।
नयाँ अध्ययनले भन्छः
नेसनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्सियस डिजिजका निर्देशक डा. एन्टनी फाउसी भन्छन्, ‘हामीले बदाम खुवाउनुस्, एलर्जी भगाउनुस् भन्ने अभियान सुरु गरेका छौँ । यदि यो अभियान साँच्चिकै सफल पार्न सकिए एलर्जी फैलनबाट रोक्न सक्छौँ । खासगरी अमेरिकामा एलर्जी वृहद्स्तरमा बढिरहेको छ र यसलाई नियन्त्रण गर्न यस्तै किसिमका अभियानले सघाउ पु¥याउन सक्छन् ।’
युरोपियन एकेडेमी अफ एलर्जी एन्ड क्लिनिकल इम्युनोलजीका सदस्य माइकल वालकर भन्छन्, ‘नयाँ अध्ययनले देखाएका कुरा अध्ययनमा आधारित हुन् । यस्ता कुरा बेलाय मात्रै होइन, अन्य देशले पनि अपनाउनु आवश्यक छ ।’
इम्पेरियल कलेज लन्डनका प्राध्यापक अलान बुबिज भन्छन्, ‘पहिले चाहिँ एलर्जी कम गर्ने सबै किसिमका खाद्यसामग्रीहरू बालबालिकालाई ढिला गरी दिनुपर्छ भन्ने मान्यता थियो तर यो अध्ययनले त्यस किसिमको सोचलाई गलत साबित गरिदिएको छ ।’ बिबिसी
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
सीजी मोटोकर्पको डल्लुस्थित सुजुकी ‘स्टेट–अफ–आर्ट’ सर्भिस सेन्टरमा सुजुकी ब्रान्डका कारधनीहरुका लागि आकर्षक अफरहरु सहित ६ दिने निःशुल्क सर्भिस क्याम्प सुरु...
हुलास स्टिल इन्डस्ट्रिजले नेपाली निर्माण बजारमा उपयोगी प्रविधिमा आधारित उत्पादन ‘हुलास डेक’ सार्वजनिक गरेको छ । ...
सिद्धार्थ बैंकले साना तथा मझौला व्यवसायलाई लक्षित गर्दै आकर्षक ब्याजदरमा पचहत्तर लाख रुपैया सम्मको कर्जा सुविधा सहज रूपमा प्रदान गर्ने...
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले पदयात्रा व्यवसायलाई मर्यादित तथा सुरक्षित बनाउन र पदयात्रामा गएका पर्यटकको तथ्यांक राख्न पदयात्रा...
कुमारी बैंकले नगदरहित कारोबारको अवधारणालाई अघि बढाउन तथा नविनतम प्रविधिको प्रयोग प्रोत्साहित गर्न विभिन्न योजना ल्याएको छ । ...
स्ट्यान्डर्ड चार्टर्ड बैंकको ३३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...
नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धि सिद्धि सिमेन्ट १०औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गरेको छ । ...
यसमा तपाईको मत