४ वैशाख २०८१ मंगलबार
स्वास्थ्य

एक महिनाको घर भाडा छुट गर्नुपर्ने

काठमाडौं- सरकारले घरधनीहरुलाई एक महिनाको भाडा छुट गर्न आग्रह गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले कोरोना संकटलाई मध्यनजर राख्दै यस्तो निर्णय गरेको हो।

यस्तै खाद्य संस्थानमार्फत खाद्य सामाग्रीमा १० प्रतिश छुट सहित उपलव्ध गराइने भएको छ। इन्टरनेट शुल्कमा २५ प्रतिशत छुट दिने निर्णय पनि सरकारले गरेको छ। औद्योगित क्षेत्रलाई विद्युत महशुलमा निश्चित छुट दिइने भएको छ। विद्युत र टेलिफोन महसुल बैशाख मसान्तसम्म बुझाउन सकिने व्यवस्था गरेको छ। कोरोना सम्वन्धी औषधी खरिदका लागि स्वास्थ्य मन्त्रालयलाई थप बजेट दिइने निर्णय पनि सरकारले गरेको छ। विभिन्न स्वास्थ्य उपकरणमा भन्सार माफि दिइने र कोरोना प्रभावित क्षेत्रमा कर्जा प्रवाह गरिने भएको छ।

अहिलेसम्म नेपालमा पाँच जनामा कोरोना देखिएको छ। एक जना भने संक्रमण मुक्त भइसकेका छन्। अन्यको उपचार भइरहेको छ। उनीहरुको अवस्था सामान्य रहेको सरकारले जनाएको छ।

 

प्रकाशित: १६ चैत्र २०७६ १५:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App