coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

नेपाली सेनाद्वारा कोभिड–१९ रेस्पोन्स एप्प–नेपाल प्रयोगमा

काठमाडौँ- नेपाली सेनाले जनताबाट सूचना प्राप्त गरी आकस्मिक सेवा प्रवाह गर्ने उद्देश्यले कोभिड–१९ रेस्पोन्स एप्प–नेपाल प्रयोगमा ल्याएको छ।    
    विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ को प्रभाव नेपालमा देखिएको र फैलिन सक्ने सम्भावनालाई ध्यानमा राखी रोकथाम, प्रतिकार र नियन्त्रण गर्ने कार्यलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्ने उद्देश्यले एप्प तयार गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। उक्त मोबाइल एप्पको नाम कोभिड–१९ रस्पोन्स एप्प–नेपाल (सिआरएएन) दिइएको छ।    
     उक्त एप्पको प्रयोगबाट सर्वसाधारणले आफ्नो परिवार र समाजमा कोभिड–१९ सम्बन्धी कुनै पनि लक्षण देखिएमा विवरण पठाउन मिल्ने व्यवस्था गरिएको जानकारी दिइएको छ । एप्पबाट प्राप्त हुने तथ्याङ्कलाई सेनाले आवश्यक व्यवस्थापन, विश्लेषण तथा बिरामीसँगको पहुँच स्थापना गर्न प्रयोगमा ल्याउने छ।    
     उक्त एप्प सेनाको आधिकारीक वेबसाइट http://www.nepalarm.mil.np बाट डाउनलोड गर्न सकिनेछ। हाललाई यो एप्प एन्ड्रोइड मोबाइल फोनका लागि मात्र तयार गरिएको र केही दिनमा नै एप्पल मोबाइल फोनका लागि पनि तयार हुनेछ। बिरामीको लक्षणको विवरण प्रत्येक २४ घण्टामा एक पटक वा बिरामीको स्थितिमा परिवर्तन आएमा सोको विवरण पुनः अध्यावधिक गर्न अनुरोध गरिएको छ। रासस

प्रकाशित: १६ चैत्र २०७६ १५:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App