४ वैशाख २०८१ मंगलबार
स्वास्थ्य

विरामीको उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने चेतावनी

काठमाडौं- सरकारले आकस्मिक सेवामा आएका विरामी फर्काउने अस्पतालाई मन्त्रालयले कारबाही गर्ने चेतावनी दिएको छ। स्वास्थ्य मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले देशका विभिन्न स्थानमा सामान्य ज्वरो खोकी लागेका विरामीले पनि उपचार नपाउने र अस्पतालले गेटबाट नै फिर्ता गराउने गरेको विषय तर्फ मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको भन्दै उनले त्यसो नगर्न निजी अस्पतालहरुलाई आग्रह गरे।

आकस्मिक सेवा लिन आएका विरामीलाई नर्फकाउन र स्वास्थ्य सेवा प्रदान गर्न सबैलाई अपिल गर्दे उनले मन्त्रालयलाई कडा र थप कदम चाल्न बाध्य नबनाउन चेतावनी दिए।

उनले बुटवलमा क्वारेन्टाईनमा मृत्यु भएको सम्बन्धमा नमुना परीक्षणकै क्रममा रहेको बताए। स्वास्थ्य मन्त्रालयले खरिद गरेका र चिनिया दूतावास, सिचुवान प्रान्त,अलिबाबा लगायतबाट अनुदानमा आएका व्यक्तिगत सुरक्षा सामाग्री र प्रयोगशालामा नमुना परीक्षणका लागि प्रयोग हुने सबै सामानलाई आजै वितरण गरिने उनले जानकारी दिए।

उनले अहिलेसम्म ९ सय १७ वटा नमुना परीक्षण भएको पनि जानकारी दिए। पोजेटिभ आएका चौथो र पाँचौ केसको ट्रेसिङ गर्ने काम भईरहेको तथा कुनै पनि पोजेटिभ केसमा स्वास्थ्य सम्बन्धी जटिलता नदेखिएको बताए। उनले प्रतिघण्टा ३० वटाको दरले ११ १५ र ११ ३३ मा आएका कलहरुको सम्बोधन हुने गरेको बताए।

मन्त्रालयले हाम्रो स्वास्थ्य नामको एप्लिकेसन सञ्चालनमा ल्याएको छ। यसमा सोधपुछ  गर्नुको साथै लक्षण राखेर जोकसैले कोरोना भाइरसको स्वमूल्यांकन गर्न सक्ने तथा, अस्पतालको विवरण, नमुना परीक्षण लगायतको जानकारी प्राप्त गर्न सकिने उनले जानकारी दिए। मन्त्रालयले संचार र समन्वयको विभाग, शंकास्पद विरामीको खोज र ट्रेसिङ गर्ने गरि विभिन्न ५ वटा टिम बनाएर काम गरिरहेको पनि जानकारी दिए।

प्रकाशित: १६ चैत्र २०७६ १३:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App