८ वैशाख २०८१ शनिबार
कला

तीन स्रष्टा सम्मानित

भक्तपुर– भक्तपुर साहित्यिक समाजले साहित्य क्षेत्रमा योगदान पु¥याउने तीन स्रष्टालाई सम्मान गरेको छ । इलामका ८० वर्षीय स्रष्टा श्यामकृष्ण श्रेष्ठ, भक्तपुरकै संस्कृतिविद् प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठ र साहित्यकार जननीप्रसाद मुललाई सम्मान गरिएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले उनीहरुलाई सम्मान गरे ।

समाजको १८औँ स्थापना दिवस अवसरमा स्रष्टा सम्मानसँगै ५७औँ शृंखला पनि सञ्चालन गरिएको थियो । शृंखलामा समाजबाट पूर्व सम्मानित स्रष्टा रोशनकुमार राजभण्डारी, धनमान श्रेष्ठ, तिलकप्रकाश श्रेष्ठ र हरिहर तिमिल्सिनाले सिर्जना वाचन गरेका थिए । कार्यक्रममा समाजलाई योगदान दिने विभिन्न साहित्यकार र व्यक्तिलाई कदरपत्र समर्पण गरिएको थियो भने आजीवन सदस्यलाई प्रमाणपत्र वितरण गरेको थियो ।

प्रकाशित: २७ पुस २०७३ ०४:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App