८ वैशाख २०८१ शनिबार
समाज

लकडाउनको समय सदुपयोग गर्न त्रिवि अनलाइनमा

काठमाडौं- त्रिभुवन विश्वविद्यालयका विभिन्न विभाग तथा प्रध्यापकहरु आफैले पहल गरेर लकडाउनको सयम सदुपयोग गर्दै दोहोरो रुपमा अनलाइन कक्षा सञ्चालन गरिरहेका छन्। विश्वविद्यालयका उपकुलपति कार्यालयका उप्रशासक विष्णुप्रसाद अर्यालले भने चैत्र १४ गतेदेखि सेवा आयोगका परीक्षार्थीलाई सहयोग पुग्ने गरी अनलाइन कक्षा सञ्चालन गरेका छन्।

उनले गुगलबाट जुम एप्स डाउनलोड गरेर निःशुल्क लागतमा दैनिक ३० मिनेट कक्षा सञ्चालन गरिरहेका छन्। उनको अनलाईन कक्षामा एक पटकमा सय जनासम्म दोहोरो सहभागिता (भिडियो कलबाटै प्रश्नउत्तर गरिसक्ने) जनाउने क्षमता छन्। उनले सञ्चालन गरेको कक्षामा सेवा आयोग परीक्षाको तयारीमा रहेका धेरै विद्यार्थीहरु सहभागिता जनाएको छन्। उनले विश्वविद्यालयको नियम र कानूनबारे ३० मिनेटको कक्षा सञ्चालन गरिरहेका छन्। जुन निकै प्रभावकारी बन्दै छ। यतिमात्र होइन उनले यो छलफललाई रेकर्ड गरेर युटुबमा समेत राखेपछि थप विद्यार्थीहरु बढेको उनको भनाई छ।

‘कोरोनाको संभावित जोखिमलाई कम गर्न नेपाल सरकारले आब्हान गरेको बन्दाबन्दीलाई उपयोग गर्दै त्रिभुवन विश्वविद्यायल सेवा आयोग तयारीमा रहेका विद्यार्थीहरुसँग अन्तरक्रिया गर्ने उद्देश्यले अनलाइन कक्षा सञ्चलान गरियो,’उपप्रशासक अर्यालले नागरिकसँग भने ‘त्रिविका कानून शिर्षकमा आफूले जानेको विषयबस्तुहरु पढाउने गरेको छु।’ उनले थपे ‘विहानको ११ बजे र वेलुकाको ४ बजेको समय उपयुक्त छ। सोही अनुसार कक्षा सञ्चालन भइरहको छ। केहि कुरा सोध्नु पर्ने भयमा विद्यार्थीले एप्समा भएको लिंक प्रयोग गरेर हात उठाएर प्रश्न समेत सोध्ने गरेको र त्यसको जावाफ समेत पाएका छन्।’ कक्षा बारे भने समय र विषयको जानकारी भने अर्यालले फेसबुकमा अपडेट गराउने गरेका छन्। जुम एप्समा सलाइड समेत प्रस्तुत गर्न सक्ने भएकोले यो एप्स निकै प्रभावकारी बनेको उनले बताए। उनका अनुसार हालको फुर्सदको समयमा नेटमा जोसुकैले पनि खोजी गरि विभिन्न निःशुल्क एप्सहरु खोजेर शैक्षिक निकायहरुले कक्षा सञ्चालन गर्न सक्ने छन्।

विश्वविद्यालयको शिक्षाध्यक्ष शिव भूषालले हाल विश्वमै फैलिन्दै गएको कोरोना भाइरसको त्रासबाट नेपालीहरुलाई बचाउन सरकारले गरेको एक सता लकडाउन बढ्न सक्ने समेत संभावनालाई मध्यनजर गर्दै विश्वविद्यालयका भौतिक शास्त्र विभाग, शिक्षा शास्त्र संकाय तथा मानविकी र विद्यावारिधिका विभिन्न विषयहरुमा विद्यार्थीहरुलाई पठनपाठनमा निरन्तर सहभागी गराउने उद्देश्यसाथ यी विभागहरुले दोहोरो अन्तरक्रिया गर्न सक्ने अनलाइन कक्षा सुरु गरेको बताए।

उनले त्रिवि सेवा आयोगले समेत प्रध्यापक तथा सहप्रध्यापक पदका लागि अन्तरवार्ता लिने विद्यार्थीहरुको लागि अनलाइन ब्यवस्था गरेको बताए। उनका अनुसारआयोगले समेत जुम एप्सको प्रयोगबाटै अन्तरवार्ता सञ्चालन गरिरहेको छ। ‘फिजिक्स विभाग प्रमुख विनिल अर्यालले सूचनानै प्रकासन गरी लकडाउनको समय सदुपयोग गर्दै अनलाई कक्षा सुरु गरेका छन्,’ शिक्षाध्यक्ष भूषालले नागरिकसँग भने ‘एमपिए, राजनिति शास्त्र, अर्थशास्त्र, तथा विद्यावारिधिका अनलाई कक्षा सञ्चालनको लागि त्रिविका शिक्षकहरु जुटेका छन्।’ उनले थपे ‘विभिन्न मोडेलहरु बनाएर कक्षा सञ्चालन भइरहेको छ।

विद्यावारिधिमा २०देखि २२ विषयहरु छन्। यी सबैका प्रध्यापकहरुले ’विभिन्न अन्तरक्रिया गर्न सक्ने एप्सको प्रयोगबाट विद्यार्थीहरुलाई अनलाइन कक्षा सञ्चालन भइरहेको छ।’ शिक्षाअध्याक्ष भूषालका अनुसार त्रिविका अन्य सेवा तथा कामकारवाहीहरु समेत अनलाइनबाटै गर्ने छलफल भइरहेको छ।

त्रिवि सोवा आयोगका अध्यक्ष लालुप्रसाद पौडेलका अनुसार आयोगले एप्सको प्रयोग गरेर गत शुक्रबार एक चरणको अन्तरवार्ता सिध्याएको छ। भने अन्य अन्तरवार्ताहरु अनलाईन लिने तयारीमा छ। ‘भूगर्व शास्त्र विषयमा सहप्रध्यापकको अन्तरवार्ता शुक्रबारै सकियो ,’ अध्यक्ष पौडेलले नागरिकसँग भने ‘सम्पूर्ण विश्वनै कोरोना त्रसबाट बच्न लकडाउन भएको छ। हाम्रो नेपाल पनि लकडाउनमै छ। यो लम्बीने हो भने त्रिविका सबै कार्यक्रमहरुनै अस्ब्यस्त हुन्छ।’ उनले थपे ‘त्यही भएर आयोगले २१ विषयको २६ पदको लागि अन्तरवार्ता जुम एप्सबाटै लिने तयारी गरिसकेको छ।’

विशेष गरी विदेशमा काम गरीरहेको विभिन्न दक्ष नेपाली जनशक्क्तिलाई विश्वविद्यालयमा भित्र्याउने उद्देश्यसाथ यो एप्सको तयारी गरेको पनि आयोगले अब लकडाउनको समय सदुपयोग गर्दै सह प्रध्यापक र प्रध्यापकको अन्तरवार्ता समेत गर्ने निर्णय यही एप्सबाट गर्ने अध्यक्ष पौडेलको ठहर छ। ‘लकडाउनले गर्दा सबै घरमै छन्। अन्तरवार्ताको समय पनि सकिन लागेको छ। अब ढिला भयो,’उनले भने ‘त्यही भएर अब सबै अन्तरवार्ताहरु अनलाईनबाटै गर्ने आयोगको निर्णय हो।’ योग्य र दक्ष जनशक्ति त्रिविमा भित्र्याउन यस पटक सबै पद खुलाबाटै प्रतियोगिताबाटै अयोगले पूर्ति गर्दैैछ।

प्रकाशित: १६ चैत्र २०७६ १२:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App