७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

कोरोना कहर : क्वारेन्टाइन मै ‘काजकिरिया’

भारतबाट फर्किएका क्रियापुत्रीलाई स्वास्थ्यकर्मीले चेकजाँच गर्दै । तस्बिर : गोविन्द/नागरिक

दैलेख– काजकिरिया गरिरहेका एक जना सुर्खेतस्थित खुल्ला मञ्चमा बनाईएको क्वारेन्टाइनमा बसेका छन्। दैलेख आठविस नगरपालिका–१ सातला घर भएका देउमले लोहार रोजगारीका लागि भारत गएका थिए। चैत्र ११ गते उनी भारतको हल्द्वानी हुँदा घरमा भाइ पदम विक (लोहार) मृत्यु भयो। भाईको मृत्युपछि उनी भारतबाटै किरियापुत्री बसेर ५ दिनमा सुर्खेत आईपुगे। उनी त्यहाबाट हिड्न नपाउँदै भारत र नेपालमा लक डाउन सुरु भएको थियो।

त्यहाँबाट क्रियापुत्रीकै भेषमै नेपाल भारतको सीमा गड्डाचौकी पुगे। देउमलेसहितका आफन्त पदमसिं विक र अन्य दुई जनासंगै आएका छन् र उनीहरुले जुठो बारिरहेका छन्। नेपाल आएसंगै २ दिन कञ्चनपुरमा बनाईएको क्वारेन्टाइनमा बसे। त्यसपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कर्णाली प्रदेश सरकारसंग समन्वय गरेर सुर्खेत पठाएको हो। उनीसहित कर्णाली प्रदेशबाट भारत पुगेका ६० जना शनिबार साँझ सुर्खेत आएका हुन्। शनिबार साँझ वीरेन्द्रनगरको होटल अशोकाको क्वारेन्टाइनमा राखिएको छ।

नेपाली सेनाले बनाएको क्वारेन्टाइनमा आइतबार सरेका छन्। ती मध्ये १ जनामा ज्वरो देखिएको जनाईएको छ। ज्वरो आएका एक जनालाई स्वास्थ्यकर्मीको निगरानीमा होटलमै राखिएको जनाईएको छ। ‘यहाँबाट हामीहरुलाई आठविसनगर पालिकाले बनाएको क्वारेन्टाइनमा बस्ने ब्यवस्था मिलाएको भए सहज हुन्थ्यो।’ काजक्रियामै बसेका देउमले भन्छन्: ‘धेरै टाढा यहाँसम्म आईसकेकाले अब घर नजिककै पुगेर बाँकी दिनहरु छुट्टै बस्ने थिईम। घर नजिक रहेको क्यारेन्टाइनमा काजक्रिया सकेर भाईको आत्मले शान्ति पाउथ्यो।’

भारतमा रोजगारीका लागि गएका ६० जनालाई प्रदेश सरकारले उद्धार गरेको सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिए। ‘क्रियापुत्री बसेका छन् भन्ने खवर पाएको छौं, यदि क्वारेन्टाइनमा बसेको भए उनीहरुलाई घरसम्म जाने व्यवस्था मिलाउँछौं।’ उनीहरुलाई स्थानीय तहसँगको समन्वयमा घरसम्म पठाइदिने र निगरानी राख्ने व्यवस्था सरकारले मिलाउने मन्त्री रावलले बताए। दैलेख, जाजरकोट, कालिकोट लगायतका जिल्लाबाट भारत पुगेका ६० जना उद्धार गरिएको थियो।
 

प्रकाशित: १६ चैत्र २०७६ ११:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App