coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

चीनबाट ल्याएका स्वास्थ्य सामाग्री तत्काल प्रदेशमा पठाइने

काठमाडौं- सरकारले चीनबाट ल्याएका औषधी, पिपिई लगायतका सामाग्रीहरु तत्काल प्रदेशमा पठाउने भएको छ। आज बसेको कोरोना नियन्त्रण समितिको बैठकले यस्तो निर्णय गरेको हो। नेपालबाट गएको वाडइवडी विमानबाट ल्याईएका ५ थान पोर्टेबल पिसिआर मेसिन मध्येबाट प्रदेश नम्बर २ मा १ थान , प्रदेश नम्बर ५ मा १ थान, सुर्खेतमा रहने गरि कर्णाली प्रदेशमा १ थान, र सुदुर पश्चिम प्रदेशमा १ थान पठाउने  निर्णय गरेको छ।

बाँकी एक थान काठमाडौंमा राखेर अवस्था र आवश्यकता हेरेर थप निर्णय गरिने भएको छ। हरेक प्रदेशमा प्रति प्रदेश १ हजार थान पिपिई लगायतका सम्पूर्ण सामाग्रीहरु पठाईने भएको छ।

प्रकाशित: १६ चैत्र २०७६ ११:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App