coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

कर्णालीका चार सय ३९ जना क्वारेन्टाइमा

वीरन्द्रनगरको खुल्लामञ्चको क्वारेन्टाइन । तस्बिर: नगेन्द्र/नागरिक

सुर्खेत- कोरोना भाइरसको उच्च जोखिममा रहेको कर्णाली प्रदेशका चार सय ३९ जना नागरिकहरुलाई क्वारेन्टाइनमा राखिएको छ। हालसम्म कर्णालीमा कोरोना संक्रमण देखिएको छैन। कर्णालीबाट कोरोना संक्रमणको आशंकामा हालसम्म १४ जनाको नमूना संकलन गरेर टेकु अस्पताल पठाइएकोमा सात जनाको रिपोर्ट नेगेभिट आएको छ।

पाँच जनाको रिपोर्ट आइसकेको छैन। प्रदेश अस्पतालका डा. केएन पौडेलले कोरोना संक्रमणको लक्षण देखिएकाहरुको नमूना संकलन गरेर पठाउने गरिएको बताए। ‘अहिलेसम्म जुम्लामा एक जनालाई आइसोलेसनमा राखिएको छ,’ डा. पौडेलले भने, ‘उनको रिपोर्ट आउन बाँकी छ ।’

प्रदेश राजधानी वीरेन्द्रनगरमा एक सय ८४ जनालाई क्वारेन्टाइनमा राखिएको छ। नेपाली सेनाले खुल्लामञ्चमा निर्माण गरेको क्वारेन्टाइनमा उनीहरुलाई राखिएको छ।

सेनानै क्वारेन्टाइनमा
जाजरकोटमा नेपाली सेनाका ४९ जनालाई क्वारेन्टाइनमा राखिएको छ। सेनाले विभिन्न जिल्लाबाट फर्किएका आफ्ना जवानहरुलाई क्वारेन्टाइनमा राखेको हो। ज्वाला दल गण मालिका व्यारेकमा तालिम सकेर फर्किएका, विभिन्न कार्यक्रमहरु सकेर फर्किएका, घर विदाबाट फर्किएका र सरुवाभै जिल्लामा आएका ४९ जना सैनिकहरुलाई व्यारेकभित्रै निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको ज्वाला दल गणका गणपति प्रमुख सेनानी सुरेन्द्रप्रताप रावलले बताए। उनले कोरोनाको संक्रमणप्रति उच्च सतर्कता अपनाउनका लागि बाहिरबाट आएकाहरुलाई १४ दिनको क्वारेन्टाइमा राखिएको बताए।

जुम्लामा भारतबाट फर्किएका ४४ जनालाई क्वारेन्टाइनमा राखिएको छ। पातारासी, हिमा गाउँपालिकाका साथै चन्दननाथ नगरपालिकाको कर्णाली प्राविधिक शिक्षालयको क्वारेन्टाइनमा उनीहरुलाई राखिएको हो। यहाँ एक जनालाई आइसोलेसनमा राखिएको छ।

यस्तै दैलेखमा ११ जना, रुकुम (पश्चिम)मा २३, डोल्पामा ८५ र कालिकोटमा ४३ जनालाई क्वारेन्टाइनमा राखिएको छ। क्वारेन्टाइनमा राखिएका कर्णालीका १२ जना घर फर्किएका छन् भने आठ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ।

 

प्रकाशित: १६ चैत्र २०७६ ११:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App