coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

यी हुन् फुर्सदमा हेर्नुपर्ने नेपालका चर्चित वृत्तचित्र

काठमाडौं – विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ को जोखिम नियन्त्रणका लागि नेपाल सरकारले ‘लकडाउन’ गरेसँगै मानिसहरू घरभित्रै बसेका छन्। लामो समय घरभित्रै बस्दा पट्यारलाग्दो पनि हुन्छ। मानिसले समय विताउन विभिन्न तरिका प्रयोग गरेका छन्। कतिपयले युट्युबलगायत सामाजिक सञ्जालमा सिनेमा हेर्दै समय बिताईरहेका छन्। समय कटाउन सहज होस् भनि हामीले केही नेपाली समाजको कथामा निर्माण भएका वृत्तचित्र सिफारिस गरेका छौं। 

हु विल बी गोर्खा

 वृत्तचित्रका माध्यमबाट नेपाललाई चिनाउने व्यक्ति हुन्, केसाङ छेतेन। उनी नेपाली समाजका हरेक पाटालाई केलाएर दर्जन बढी वृत्तचित्र निर्देशन गरिसकेका छन्। उनले निर्माण एवं निर्देशन गरेको ‘हु विल बी गोर्खा’ विश्वभर चर्चित छ। 
यो वृत्तचित्रले ब्रिटिश गोर्खा फौजको थोरै सीटमा पर्न पनि हजारौं नेपाली युवकले मरिहत्ते गरेको संघर्षको कथलाई प्रस्तुत गरेको छ। ‘हु विल बी गोर्खा’ले विभिन्न राष्ट्रिय तथा  अन्तराष्ट्रिय चलचित्र महोत्सवमा थुप्रै उत्कृष्ट वृत्तचित्र तर्फको  अवार्ड जितेको छ। 

जर्नी टु यार्सा    

वर्षेनी हिमाली क्षेत्रमा पाईने एक प्रकारको बहुमुल्य जडीबुटी यार्सा गुम्बा संकलनकै क्रममा धेरैले ज्यान गुमाएका हुन्छन्। यो जडीबुटी मंहगो भएकोले धेरैले आर्थिक उर्पाजनको माध्यम बनाएका छन्। तर यसको लागि सजिलो भने छैन्। त्यही यार्साको टिप्न गएकाहरूको अन्र्तरकथालाई वृत्तचित्र ‘जर्नी टु यार्सा’ प्रस्तुत गरेको छ। यो वृत्तचित्र दिपेन्द्र भण्डारीको निर्माण एवं निर्देशनमा तयार भएको हो। यो वृत्तचित्रले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा निकै चर्चा पायो। यसले विभिन्न चलचत्रि महोत्सवमा थुप्रै अवार्ड तथा सम्मान पाएको छ। 

द कोरियन ड्रिम 

रोजगारीको अवसर खोज्दै दक्षिण कोरियामा पुगेका आप्रवासी कामदारहरूले भोग्नुपरेको दुःखान्तमा आधारित वृत्तचित्र ‘द कोरियन ड्रिम’ हो। यो वृत्तचित्रमा नेपाल, कोरिया, इन्डोनेसिया र म्यानमारका पाँच जना कामदार कलाकारको सांगीतिक ब्यान्डले कन्सर्टमार्फत आप्रवासीहरूमाथि गरिने अपराधीजस्तो व्यवहार नगर्न आग्रह गरेका छन्। अशोक थापाले निर्देशन एवं निर्माण तयार भएको यो वृत्तचित्र २७ मिनेट लामो छ। वृत्तचित्रमा नेपाल, कोरिया, इन्डोनेसिया, म्यानमार लगायत विश्वका अन्य मुलुकहरु पनि चर्चित छ। 

नओभाएका आँखा

अरुण देव जोशीले निर्देशन गरको वृत्तचित्र हो,नओभाएका आँखा । नेपालको १० वर्षे माओवादी जनयुद्धको सयमलाई समेटिएर निर्माण भएको छ। यसले युद्धले निम्ताएको धेरै नेपालीको कथा बोल्छ। यो वृत्तचित्रको थुप्रै चलचित्र महोत्सवमा सहभागी हुनुका साथै न्यूयोर्क इन्डीपेन्डेन्ट अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट राजनितिक वृत्तचित्रको अवार्ड समेत जितेको थियो।  

द डेजर्ट इट अस 

खाडी मुलुकहरुमा रोजगारीको सिलसिलामा पुगेका नेपाली युवाको कथा समेटेर निर्माण भएको वृत्तचित्र हो,‘द डेजर्ट इट अस’ । यो वृत्तचित्रले मरुभूमिले आफ्नो जवानी खाएको कथा हरेक नेपाली युवाक कथालाई मज्जाले प्रस्तुत गरेको छ। यो वृत्तचित्रलाई केसाङ छेतेनले निर्देशन गरेका हुन्। केसाङको यो 
यो वृत्तचित्र पनि विश्वभर चर्चित छ। 
गरको वृत्तचित्रको माध्यमबाट नै ति किशोरीहरुले स्पेनमा डोनोस्टी कप खेल्ने अवसर समेत पाएका थिए। 

ग्रेटर नेपाल 

अर्काे महत्वपूर्ण वृत्तचित्र हो, ‘ग्रेटर नेपाल’ । मनोज पण्डितले निर्माण तथा निर्देशन तयार भएको वृत्तचित्रले नेपाली इतिहासबारे बोल्छ। नेपालको इतिहास जान्नका लागि यो वृत्तचित्रले धेरै हदसम्म सहयोग गर्छ। 

सुनकली

विभिन्न अन्तर्राष्ट्रिय मुलुकमा नेपालको प्रतिनिधित्व गर्ने वृत्तचित्र हो,‘सुनाकली’। यो वृत्तचित्रमा विकट तथा हिमाली जिल्ला मुगुका किशोरीहरुले फुटबल खेल्न संघर्ष गरेको कथालाई समावेश गरिएको छ। पत्रकार भोजराज भाटले निर्माण एवं निर्देशनमा बनेको यो वृत्तचित्र युरोप लगायत विभिन्न देशका १ सय ३० ठाउँमा प्रदर्शन हुनुका साथै थुप्रै अन्तर्राष्ट्रिय अवार्ड जितेको थियो ।

प्रकाशित: १७ चैत्र २०७६ ०८:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App