coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

भैंसी चराउनेदेखि मन्दिरका पुजारीसम्मले मास्क प्रयोग गर्न थाले(फोटो फिचर)

सिरहाको सहरदेखि दूरदेहातसम्म विभिन्न काममा खटिने नागरिकहरुले प्रयोग गरेको मास्क । तस्बिर : मिथिलेश/नागरिक

लहान- कोरोना भाइरस(कोभिड–१९)को संक्रमणले विश्वभर महामारीको रुप लिएको छ। कोभिड–१९ को संक्रमणबाट बच्न सहरदेखि दूरदेहातसम्म मास्कको प्रयोग ब्यापक पाइएको छ।

मन्दिरमा पूजा गर्न आउने श्रद्धालु, पूजा गराउने पूजारी, दुध बेच्ने, भैंसी चराउने, पसलमा खाद्य सामग्रीका लागि लाइन बस्नेदेखि सडकमा अति आवश्यक काममा यात्रा गर्नेहरु सबै मास्क प्रयोग गरिरहेका छन्।

कोभिड–१९ को उपचार नभएकोले बचाउ नै उत्तम उपाय भन्दै आम नागरिकहरु बचाउकारी उपाय अवलम्बन गरिरहेका छन्। घरबाहिर निस्किनेहरु कोही सर्जीकल मास्क त कोही कपडाको मास्कले मुख र नाक छोपेका देखिन्छन्।

दूरदेहातबाट साइकलमा दुध बेच्न सहर आउनेहरु पनि मास्कले मुख र नाक छोपेका हुन्छन्। भैंसी चराउन चौरीमा जाने देहातका किसान परिवारहरु पनि मास्क नलागाई निस्कदैनन्। कोरोनाको संक्रमण सुरु भएदेखि सहर र गाउँमा कुनै सामग्रीको प्रयोग बढी रहेको को छ भने त्यो हो, मास्क ।  

 

 

सिरहाको सहरदेखि दूरदेहातसम्म विभिन्न काममा खटिने नागरिकहरुले प्रयोग गरेको मास्क । तस्बिर : मिथिलेश/नागरिक
सिरहाको सहरदेखि दूरदेहातसम्म विभिन्न काममा खटिने नागरिकहरुले प्रयोग गरेको मास्क । तस्बिर : मिथिलेश/नागरिक
सिरहाको सहरदेखि दूरदेहातसम्म विभिन्न काममा खटिने नागरिकहरुले प्रयोग गरेको मास्क । तस्बिर : मिथिलेश/नागरिक
सिरहाको सहरदेखि दूरदेहातसम्म विभिन्न काममा खटिने नागरिकहरुले प्रयोग गरेको मास्क । तस्बिर : मिथिलेश/नागरिक
सिरहाको सहरदेखि दूरदेहातसम्म विभिन्न काममा खटिने नागरिकहरुले प्रयोग गरेको मास्क । तस्बिर : मिथिलेश/नागरिक
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App