त्रिविको प्राज्ञिक स्तर अधोगतिमा

त्रिविमा विद्यार्थी घट्दै गएका बेला ‘जुसे करार’ धमाधम स्थायी गरिँदै

बुधबार, २७ पुष २०७३, ०९ : ११ रुबी रौनियार

काठमाडौं– त्रिभुवन विश्वविद्यालायमा मानविकी, शिक्षा, विज्ञान, व्यवस्थापनलगायत संकाय तथा  संस्थानमा विद्यार्थी संख्या लगातार घट्दै छ । तर विश्वविद्यालयले भने ‘आन्दोलनका बलमा आंशिकबाट करार नियुक्ति पाएका शिक्षक ’लाई विशेष आन्तरिक विज्ञापनका नाममा धमाधम  स्थायी बनाइरहेको  छ ।                                                                   

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले रत्नपार्कमा अनशनमा बसेका आंशिक शिक्षकलाई जुस खुवाएर १ हजार ६ सय ८० लाई करारमा नियुक्त गराएका थिए । तिनैलाई विश्वविद्यालयले  उप्रध्यापकको दरबन्दी सिर्जना गरी  स्थायी बनाइरहेको छ । कसैले नियुक्तिपत्र बुझेका छन् भने कसैको अन्तर्वार्ता लिने काम भइरहेको छ ।

‘जुसे करार’ शिक्षकलाई एकैपटक त्रिविमा स्थायी प्रवेश गराउँदा समग्र शिक्षा नै अधोगतिमा जान्छ, यसबाट आर्थिक बोझ पनि बढ्छ।
–महेन्द्र सिंह, सदस्य, विश्वविद्यालय अनुदान आयोग

विश्वविद्यालयले त्रिवि शिक्षक कर्मचारी सेवासमबन्धी नियम २०५० मा संसोधन गरी करारबीच आन्तरिक प्रतिस्पर्धा गराएर एकैपटक १ हजार १ सय ७५  शिक्षक स्थायी गर्न लागेको हो ।

विश्वविद्यालय सेवा आयोग प्रमुख परशुराम कोइरालाका अनुसार आयोगले विश्वविद्यालयका विभिन्न आंगिक क्याम्पसका लागि विशेष आन्तरिक खुला प्रतियोगिताबाटै  स्थायी दरबन्दीमा  १ हजार १सय ७५ जनालाई स्थायी गर्ने  प्रक्रिया  सुरु गरेको हो ।

कोइरालाका अनुसार आयोगले खुला र आन्तरिक गरी १ हजार ६ सय ३२ स्थायी दरबन्दीमा नियुक्ति सुरु गरेको हो । ‘खुलामा ६६ विषयका लागि ४ सय ५७ उपप्रध्यापको  नियुक्त हुनेछ,’ कोइरालाले भने, ‘विशेष आन्तरिकतर्फ ६४ विषयमा ११ सय ७५ उपप्रध्यापक नियुक्ति हुनेछन् ।’ उनले थपे, ‘हालसम्म कुल ३१ विषयमा नियुक्ति भइसकेको छ भने चैत मसान्तभित्र सबैमा हुनेछ ।’

विश्वविद्यालयको यो कदमलाई प्रध्यापकले नै प्राज्ञिक अधोगतिको संज्ञा दिँदै आलोचना गरेका छन् । विश्वविद्यालय अनुदान आयोगका सदस्य एवं पूर्वशिक्षाध्यक्ष प्राध्यापक महेन्द्र सिंहले यस्ता ‘जुसे करार’ शिक्षकलाई एकैपटक त्रिविमा स्थायी प्रवेश गराउँदा समग्र शिक्षा नै अधोगतिमा जाने बताए । ‘विश्वविद्यालयमा सबै विषयमा विद्यार्थी घटिरहेको अवस्थामा जुसे शिक्षकलाई विशेष आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्नु विश्वविद्यालयमाथि आर्थिक बोझ थप्नु हो,’ सिंहले नागरिकसँग भने, ‘विश्वविद्यालयको यो नीतिले अब करिब तीन दशकभन्दा बढी समयसम्म नयाँ र दक्ष जनशक्ति त्रिवि प्रवेशमा रोकियो ।’
उनी शिक्षाध्यक्ष भएकै बखत त्रिवि केन्द्रीय क्याम्पसमा उपप्रध्यापक हुन न्यूनतम योग्यता एमफिल वा पिएचडी बनाउने निर्णय भए पनि अझै कार्यान्वयनमा आउन सकेको छैन । ‘विश्वविद्यालय विद्यार्थी बढाउनुको साटो शिक्षक बढाउनेतिर लागेको छ,’ सिंहले भने, ‘विद्यार्थी नभएका विषय र एकै प्रकृति भएका विषयलाई एकीकृत विभागमा राखेर जानु पर्छ ।’ उनले थपे, ‘यसो गरेमा प्रशासनिक खर्चसमेत बच्छ ।’

सेवा आयोगका अनुसार हालसम्म विशेष आन्तरिक खुला प्रतियोगिताअन्तर्गत उपप्रध्यापक पदमा आवेदन दिई अन्तर्वार्तामा सम्मिलित भएका मध्ये १५ विषयमा ५ सय ११ लाई नियुक्ति दिइसकिएको छ । अंग्रेजी विषयमा १ सय, रसायनशास्त्रमा  ९४, जल तथा मौसम विज्ञानमा ४, समाजशास्त्रमा ४१,  मानवशास्त्रमा २० र  भौतिकशास्त्रमा ७० जनालाई नियुक्ति दिइएको छ ।

यसैगरी व्यवस्थापन संकायमा १ सय २४, जनसंख्या अध्ययनमा २५, नेपाल भाषामा २, पत्रकारितामा ४, जनसंख्या शिक्षामा १६, हिन्दीमा १, समाजिक कार्यमा १ र संगीतमा १ जनालाई विशेष आन्तरिक तर्फ ५ सय ११ ले नियुक्ति लिइसकेका छन् ।

शिक्षाविद् विद्यानाथ  कोइरालाले विश्वविद्यालय दलीयक्रममा चलेकाले प्राज्ञिक क्षेत्र धुलमिल हुँदै गएको औंल्याए । उनको सुझाव छ– विश्वविद्यालयका पदाधिकारी शिक्षकभन्दा विद्यार्थी बढाउनेतिर लाग्नुपर्छ ।

उनले पदाधिकारीले आफूले गरेका गल्तीबाट सिकेर अब विश्वविद्यालयको प्राज्ञिक उन्नयनमा ध्यान दिनुपर्ने उनले बताए । ‘मैले विश्वविद्यालय उपकुलपति तिर्थ खनियाँ  र शिक्षाध्यक्ष सुधा त्रिपाठीलाई केही दिनअघि भेटेर दया र दलीय दबाबमा परेर ‘जुसे करार’ लाई विश्वविद्यालयमा स्थायी नगर्न भनेको थिएँ,’ शिक्षाविद् कोइरालाले भने, ‘मैले उहाँहरूलाई सक्नुहुन्छ भने कम्तीमा एमफिल वा विद्यावारिधि गरेकालाई विश्वविद्यालयमा मौका दिनुस् पनि भनेें ।’ उनले थपे, ‘अब विश्वविद्यालयको पाठ्यक्रम, पाठ्यपुस्तक, परीक्षा प्रणालीमा सुधार र परिवर्तन गर्नुपर्छ ।’ पदाधिकारीलाई बदनाम हुनबाट बच्न गुणस्तरीय शिक्षा उपलब्ध गराउनेतिर लाग्न पनि उनले सुझाए ।                                                                                                                                                                                                                                                                                         
मानविकी तथा सामाजिकशास्त्र संकायकका पूर्वडिन चिन्तामणि पोखरेलका हाल यो संकायमा  विभिन्न ३८  विषय पठनपाठन हुन्छ । धेरै विषयमा विद्यार्थी संख्या घट्दो छ भने शिक्षक भने बढी छन् । मानवशास्त्रमा हाल केन्द्रीय क्याम्पसमा २० विद्यार्थी र १२ शिक्षक छन् । भर्खर २० स्थायी शिक्षक थपिएका छन् । हाल स्थायी प्रवेश गरेका शिक्षक कतिपयले कम्प्युटर खोल्नसमेत नजानेको उनी बताउँछन् ।

‘हामीले लागू गरेको सेमेस्टर प्रणालीलाई अब विश्वविद्यालयले डिजिटलमा लाँदैछ  तर   स्थायी गरिएका शिक्षक परम्परागत हुनुहुन्छ,’ पोखरेलले भने, ‘विश्वविद्यालयमा पुराना शिक्षकलाई तालिम दिने चलन छैन ।’ उनले थपे, ‘उपत्यका बाहिरका ५ प्रतिशत विद्यार्थीले  मात्र प्रविधि जानेका छन् ।’

सबै विषयमा विद्यार्थी घट्दै गएको अवस्थामा भएकै शिक्षकलाई व्यवस्थापन गरी मिलाउन सकिने अवस्थामा नयाँ दरबन्दी सिर्जना गर्दा  थप आर्थिक भार मात्र पर्ने  मानविकी  संकायका सहायक डिन निलमकुमार शर्माले बताए  । ‘विशेष अनैतिक  दबाबमूलक आरक्षण नै हो हालको  नियुक्ति । यसले विश्वविद्यालयको प्राज्ञिक  उन्नयन घट्छ,’ शर्माले भने, ‘अब दक्ष र योग्य जनशक्ति बिदेसिने र मध्यम खालेले विश्वविद्यालय चलाउने भयावह स्थिति सिर्जना हुने मैले देखेको छु।’ उनले थपे, ‘यसले विश्वविद्यालयको समग्र शैक्षिक, प्रशासनिक आर्थिक स्तर खस्कन्छ ।’






यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

यस्तो हुनेछ फेसबुकको नयाँ डिजाइन

यस्तो हुनेछ फेसबुकको नयाँ डिजाइन

फेसबुकको नयाँ डिजाइनको तस्विरहरू ...

एनएमबि बैंकको नयाँ कर्पोरेट अभियान

एनएमबि बैंकको नयाँ कर्पोरेट अभियान

एनएमबी बैंकले ‘हामी देख्छौ अपार संभावना’ को अवधारणा सहित नयाँ कर्पोरेट अभियान आरम्भ गरेको छ । ...

एभरेस्ट ह्याकथनद्वारा ह्याकिङ एक्सपो सार्वजनिक

एभरेस्ट ह्याकथनद्वारा ह्याकिङ एक्सपो सार्वजनिक

‘एभरेस्ट ह्याक’ नाम दिइएको प्रविधि केन्द्रित ह्याकिङ एक्स्पो सर्वसाधारणलाई अवलोकनका लागि सार्वजनिक गरिएको छ। ...

सिटिजनको प्रथम बिमा शुल्क एक अर्ब नाघ्यो

सिटिजनको प्रथम बिमा शुल्क एक अर्ब नाघ्यो

सिटिजन लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७५/०७६ मा प्रथम बिमा शुल्क एक अर्ब रुपैयाँ नाघेको छ । ...

जापानी ‘रामेन रेस्टुरेन्ट’ सुरु

जापानी ‘रामेन रेस्टुरेन्ट’ सुरु

होक्काइदो नेपाल बिजनेस ग्रुप प्रालिले काठमाडौंमा जापानी खानाको परिकार पस्किने ‘होक्काइदो रामेन रेस्टुरेन्ट’ सुरु गरेको छ। ...

यस्ता खालका गाडी मात्र नेपाली सडककामा उपयुक्त

यस्ता खालका गाडी मात्र नेपाली सडककामा उपयुक्त

नेपालको धेरै जसो स्थानमा अझै पनि कच्चि सडक यथावत छ जसमा कालोपत्रे गरिएको छैन| ...

इन्स्टाग्रामले अब फोटोमा आएको लाइक संख्यालाई लुकाउने

इन्स्टाग्रामले अब फोटोमा आएको लाइक संख्यालाई लुकाउने

यस फिचर हालका लागि ७ वटा देशमा लागू गरिएको छ ! ...

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

एन्ड्रोइडको विकल्प मानिएको होङमेङ्ग स्मार्टफोनको लागि बनेको अपरेटिंग सिस्टम नै होइन ! ...

Ncell Footer Ad