६ वैशाख २०८१ बिहीबार
स्वास्थ्य

होलेरीमा ‘कोरोना नियन्त्रण कोष’

आइसोलेसन कक्ष निर्माण गरिएको भवन र हेल्थ डेस्क ।

रोल्पा- महामारीको रुपमा देखिएको कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि दक्षिण रोल्पाको रुन्टीगढी गाउँपालिकाले ३० लाख रुपैयाँ छुट्याएको जनाएको छ। गाउँपालिकाका अध्यक्ष बालाराम बुढाका अनुसार ‘कोरोना नियन्त्रण कोष’ खडा गरेर त्यसमा ३० लाख रकम राखिने भएको हो। यो रकम आवश्यकता अनुसार कोरोना नियन्त्रण तथा रोकथामका लागि गर्न खर्चिने गाउँपालिकाको योजना रहेको छ।

‘लकडाउन लम्बिए आर्थिक अवस्थाले कमजोर दैनिक ज्यालादारी गरेर खाने मजदुरहरुका लागि रासनको व्यवस्था पनि गर्ने छौ। अर्थात लकडाउनका कारणले कोहि कसैको घरमा चुलो जल्न छोड्ने छैन।’ गाउँपालिका अध्यक्ष बुढाले भने ‘बाहिरबाट आएकाहरुको पहिचान गरि होम क्वारेन्टाइनमा बस्न भनेका छौ। आवश्यकता पर्ने भयो भने बजेटको पनि व्यवस्था गरेका छौ।’

यसअघि गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र होलेरीको नवनिर्मित भवनमा १५ शैयाको अस्थायी आइसोलेसन कक्ष निर्माण गरिसकेको छ। त्यसैगरि २ स्थानमा क्वारेन्टाइन सञ्चालन गर्ने तयारी समेत गरेको छ। दक्षिण रोल्पाको प्रवेश नाकाका रुपमा रहेको गाउँपालिकाले जिल्ला प्रवेश गर्ने सबै सवारी साधनका यात्रुको स्वास्थ्य चेक जाँज गरिरहेको छ। कोरोनाविरुद्धको अभियान सफल बनाउन नेपाली सेना र नेपाल प्रहरीले पनि सहयोग गरिरहको गाउँपालिका अध्यक्षले बताए।
 

 

प्रकाशित: १६ चैत्र २०७६ ०८:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App