coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

रसुवामा तीन दिनमा २८ पर्यटकको उद्वार

रसुवा- रसुवामा तीन दिनमा २८ जना विदेशी पर्यटकको उद्वार गरिएको छ। जिल्लाको पर्यटकीय क्षेत्रको अध्ययन तथा अवलोकनका लागि आएका पर्यटक देश लकडाउन भएपछि समस्यामा परेका थिए।

लकडाउनपछि पर्यटकीय क्षेत्र लाङटाङ, बृद्धिम, चिलिमे, थुमन लगायतका क्षेत्रमा पुगेका पर्यटकलाई एक स्थानबाट अर्काे स्थानमा जान समेत समस्या परेको थियो। जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार हालसम्म ४७ जना विदेशी पर्यटकको विवरण अद्यावधिक भएको छ।

पर्यटकीय क्षेत्रहरूमा अलपत्र परेकाहरूलाई उद्वार गर्ने काम जारी रहेको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए। १४ दिन अघिदेखि पदयात्रा तथा भ्रमणका क्रममा जिल्लाको विभिन्न स्थानमा रहेका पर्यटककको उद्वार गरिएको हो।

उद्वार गरिएका पर्यटक गन्तव्यसम्म पुगिसकेका छन्। जसमा चिनियाँ १९, जर्मन ७, अमेरिकी एक र बेलायती एक गरी २८ जनाको उद्वार गरिएको उनले बताए। उद्धार गरिएकामध्ये १९ चिनियाँ नागरिकलाई चीन पठाइएको छ। ९ जनालाई काठमाडौं पठाइएको छ। उनीहरूलाई स्याफ्रु, चिलिमे र बृद्धिमबाट उद्वार गरिएको हो।

लाङटाङमा खासगरी चैतपछि पर्यटक जाने गरेका छन्। अहिले हिउँ हेर्नका लागि पर्यटक आउने हुन्। चैतपछि फूलहरू तथा हिउँ हेर्ने पर्यटक बढी आउँछन्। भूकम्प गएपछि पर्यटकको आगमन घटेको भएपनि पछिल्लो समय पर्यटकीय सिजनमा पहिलेको जस्तै आउने गरेका छन्।

भूकम्प गएको वर्ष पर्यटकको आगमन घटेको थियो। त्यसपछिका वर्षहरूमा पर्यटक आउने क्रम निरन्तर बढ्दै गएको छ। जिल्लाको पर्यटकीय क्षेत्रहरूमा बाह्रै महिना पर्यटक आउने गरेपनि असोज १५ गतेदेखि कार्तिक मसान्त र चैतदेखि बैशााख अन्तिमसम्म बढी पर्यटक आउने गरेका छन्।

 

प्रकाशित: १६ चैत्र २०७६ ०७:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App