coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

कोभिड –१९ : घर बाहिर ननिस्कन आग्रह

कोहलपुर - नेपाल भारत सीमानाका जोडिएको बाँके जिल्लाको  डुडुवा गाउँपालिका वडा नंं २ स्थित वेतहनी स्वास्थ्य चौकिमा ११  श्ययाको क्वारेन्टाइन तयार  पारिएको छ।

कोभिड १९ को सम्भावित जोखिम आउन नदिन गाउँपालिकाले जनचेतनाका साथमा क्वारेन्टाइन तयार गरेको  स्वास्थ्य शाखा संयोजक धनबहादुर बुढाले जानकारी दिए। वडा नं ४ कम्दीस्थित आधारभुत विद्यालय शाहपुर्वा र वडा नंं ६ हिरमिनियामा आवश्यकताअनुसार थप दश/दश श्ययाको क्वारेन्टाइन तयार गरिने  उनले जानकारी दिए।

गाउँपालिकामा स्वास्थ्य सरसफाइ तथा जोखिमबाट बच्नका लागि उच्च सतर्कता अपनाउन र घरबाहिर ननिस्कनका लागि सचेतनामुलक सन्देशसहितको माइकिङ्गको भइहेकोे गाउपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले जानकारी दिए। यसैगरी नेपालगञ्ज उपमहानगरपालिका वडा नं १८ काँरकाँदोले करिव दुईहजार ७०० घरधुरीमा माक्स र डिटोल सावुन वितरण गरेको छ।

वडावासीको घरघरमा गएर ती सामग्री वितरण गरेको वडा अध्यक्ष दीपक वर्माले जानकारी दिए। उनले दैनिक उपभोगका वस्तु अभाव हुन नदिने जानकारी दिँदै घरबाहिर ननिस्कन आग्रह समेत गरे। रासस

प्रकाशित: १६ चैत्र २०७६ ०७:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App