coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कोरोना भाइरस मुक्त छ इटालीको ‘वो यूगेनियो’ शहर

रोम – अहिले कोरोना भाइरसका कारण विश्व नै त्रसित भएको छ। युरोपका सबै देशहरु कोरोना भाइरसको प्रकोपले आक्रान्त बनेका छन्। इटली सबैभन्दा बढी प्रभावित भएको छ। तर इटाली कै एउटा शहर भने उदाहरणीय बनेको छ, जहाँ कोरोना भाइरस संक्रमित कोही मानिस छैनन्।

इटलीमा अहिलेसम्म ९२ हजार ४ सय ७२ जनामा कोरोना भाइरस संक्रमण भएको छ, १० हजार२३ जनाको मृत्यु भएको छ भने, १२ हजार ३ सय ८४ जना उपचारपछि घर फर्किएका छन्।

त्यस्तै अहिलेसम्म विश्वभर ६ लाख त्रिसट्ठी हजार ९ सय अट्ठाइस जनालाई कोरोना भाइरस लागेको पुष्टि भएको छ। तीस हजार ८ सय असी जनाको मृत्यु भैसकेको छ भने करिब १ लाख ४२ हजार ३ सय एकसट्ठी जनाको सक्रमित उपचारपछि घर फर्किएका छन्।

अहिले विश्वभरका बैज्ञानिकहरु कोरोना भाइरस बिरुद्धको औषधीको खोजीकार्यमा अहोरात्र खटिरहेका छन्। अमेरिकामा यसको खोपको परिक्षण भैरहेको छ। यसमा सफलता मिल्योभने यो खोप विश्वभर पुग्न करिब एक बर्ष लाग्न सक्ने  बताइएको छ। यस्तो अवस्थामा कोरोना भइरसबाट बच्नको लागि सर्तकता अपनाउनु पर्ने हुन्छ।

इटालीमा अहिले पुरै देश लक डाउन गरिएको छ। तर पनि त्याहाँ संक्रमितको संख्या बढिरहेको छ। तर, इटालीको वो यूगेनियो शहर भने उदाहरणिय बनेको छ। उत्तरी इटालीस्थित यो शहर पाडुआ प्रान्तमा पर्छ।

 यहाँको जनसङ्ख्या २ लाख चौध हजार छ। यहाँ अहिलेसम्म कोरोना भाइरसको संक्रमित भेटिएका छैनन्। यहाँको प्रशासनले लगाएको कडा नियमको कारण र यहाँका जनताले सरकार तथा स्थानिय प्रशासनको आदेश पालना गरेका कारण इटलीभर कोरोना भाइरसको त्रास भएता पनि यो शहर सुरक्षित बनेको छ।

 इटालीको स्वास्थ्य मन्त्रालयले कोरोनाबाट केही व्यक्ति संक्रमण भएको जानकारि दिएपछि यो शहरमा घरमै क्वारेन्टाइन बस्न प्रशासनले आदेश जारी गरेको थियो। अहिले यहाँका दिर्घरोगीहरुको नियमित चेकजाँच गरिएको छ, घरबाट ननिस्कन प्रशासनले आग्रह गरेको छ।

प्रकाशित: १६ चैत्र २०७६ ०५:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App