coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

स्याङ्जामा ३९८ जना क्वारेन्टाइनमा,  एक घर फिर्ता

स्याङ्जा - कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न क्वारेन्टाइनमा राखिएकाको संख्या शनिबारसम्म स्याङ्जामा करीब चार सय पुगेको छ।  क्वारेन्टाइनमा बस्दै आएका एक जना भने घर फिर्ता भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

जिल्लाका ११ वटै पालिकामा विभिन्न स्थानमा निर्माण गरिएका होम क्वारेन्टाइन र सेल्फ क्वारेन्टाइनमा बस्नेको संख्या ३९८ पुगेको हो। तीमध्ये २७ जना क्वारेन्टाइनमा  छन् भने एक जना सेल्फ क्वारेन्टाइनमा रहेको  जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए।

क्वारेन्टाइनमा बस्नेको संख्या दैनिक रुपमा बढ्दै गएको र विदेशबाट आउनेको गाउँगाउँमा पुगेर खोज्ने कार्य चलिरहेकाले उपरीक्षक भण्डारीले जानकारी दिए।यसैबीच लकडाउनको अवज्ञा गरेर सवारी साधन चलाउने तीन कार र तीन मोटरसाइकललाई नियन्त्रणमा लिएर कारवाही गरिएको  जानकारी दिँदै भण्डारीले लकडाउनको पूर्णपालना गरेर सहयोग गर्न सबैमा आग्रह गरे। 

प्रकाशित: १६ चैत्र २०७६ ०३:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App