coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

'र्‍यापिड रेस्पोन्स' टिम पठाउन भारत तयार

काठमाडौ – भारतीय सेनाले कोभिड १९ बाट उत्पन्न पस्थितिलाई सम्बोधनका लागि नेपालमा -यापिड रेस्पोन्स टिम पठाउन तयार रहेको बताएको छ। भारतीय समाचार पत्र हिन्दुले भारतीय सेना प्रमुखको भनाइ उल्लेख गर्दै माल्दिभ्समा जस्तै नेपालमा पनि सहयोगका लागि भारतीय सेना तयार रहेको जनाएको छ।

भारतीय सेनाको भनाइप्रति नेपाल सरकारले भने अनभिज्ञता जनाएको छ। सरकारी स्रोतका अनुसार नेपालमा कोरोनाको प्रभाव नियन्त्रणबाहिर नभएकाले अहिले यहींको जनशक्तिबाटै परिस्थिति सम्हाल्न सक्ने अवस्था छ।नेपाली सेनाले पनि भारतीय सेनाको भनाइप्रति अनभिज्ञता व्यक्त गरेको छ। ‘अहिले हामी नै परिचालन भइसकेको अवस्था छैन, त्यसैले जनशक्तिसहितको सहयोगको अहिले नै खाँचो छैन,’ सैनिक स्रोतले भन्यो। सेनाले कोरोनाको प्रभावबाट उत्पन्न हुने परिस्थितिलाई ध्यान दिँदै आवश्यक पर्दा कसरी परिचालन हुने भन्ने विषयमा रणनीति बनाइरहेको छ। ‘हामीलाई अहिले आवश्यक पर्ने औषधि तथा उपकरण हो। त्यस्तो सहयोग लिन सकिन्छ तर अहिले नै जनशक्तिसहितको सहयोग आवश्यक भइसकेको अवस्था होइन,’ स्रोतले भन्यो।

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले नेपाल सरकारकातर्फबाट नेपाली सेनाले भारतीय सेनालाई -यापिड रेस्पोन्स टिम पठाउन कुनै प्रस्ताव नपठाएको र त्यस्तो प्रस्ताव पनि नआएको जानकारी दिए। नेपाल सरकारले भारत र चीनबाट अत्यावश्यक औषधि खरिद गर्ने निर्णय गरेको छ। नेपालले स्वास्थ्य सामग्रीसम्बन्धी सहयोग प्रस्ताव पनि स्वीकार गरिसकेको छ।

अर्थमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता युवराज खतिवडाले नेपाललाई चिकित्सकसहितको जनशक्ति अहिले आवश्यक नरहेको जनाउँदैस्वास्थ्यसामग्री मात्र आवश्यक परेको बताउँदै आएका छन्। उनका अनुसार आवश्यक परेपछि छिमेकीसहित मित्रराष्ट्रहरुलाई सहयोगका लागि आग्रह गर्न सकिनेछ। चीनले पनि यसअघि नैनेपालमा चिकित्सक पठाएर सहयोग गर्न तयार रहेको जनाएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले भारतसँग जनशक्ति होइन, स्वास्थ्य सामग्री र उपकरण माग गरेको बताएका छन्। भारत सरकारबाटजतिसक्दो छिटो स्वास्थ्य उपकरण उपलब्ध गराउने आश्वासन पाएको उनले जानकारी दिए।

सरकारले यसअघि नै भारतबाट व्यक्तिगत सुरक्षा सामग्री, एन ९५ मास्क, इन्फ्रारेड थर्मोेमिटर, अक्सिजन प्लान्ट, ३ सय केजीको निर्मलीकरण गर्ने मेसिन, सिआरआरटी मेसिन, थर्मोेमिटर र सर्जिकल मास्कसहितका १६ प्रकारका सामग्री ल्याउने प्रस्ताव गरेको स्रोतले जनाएको छ।

प्रकाशित: १६ चैत्र २०७६ ०२:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App