७ वैशाख २०८१ शुक्रबार
समाज

फिदिम नगरपालिकाले बनायो द्रुत कार्य टोली

पाँचथर– फिदिम नगरपालिकाले नगरबासिलार्ई कोरोना सम्बन्धमा तत्काल रेस्पोन्स गर्ने गरी द्रुतप्रति कार्य टोली गठन गरेको छ। नगरपालिकाका स्वास्थ्य संयोजकको नेतृत्वमा ६ सदस्य कार्यटोली गठन गरीएको प्रमुख प्रशासकिय अधिकृत अम्बिकाप्रसाद अधिकारीले जानकारी दिए। यसका साथै उनीहरुलाई सहयोग गर्न सात सदस्यीय स्वयमसेवक टोली पनि तयार गरीएको अधिकारीले बताए।

फिदिम नगरपालिकाले चैत १ गते यता विदेशबाट आएकाको विवरण संकलन गर्ने र आवश्यकता अनुसार क्वारेन्टाइनमा राख्ने काम अघि बढाएको अधिकारीले बताए। उनका अनुसार हाल १ जनालाई क्वारेनटाइनामा राखिएको छ।

फिदिम नगरपालिकाले मेयर ओनाहाङ नेम्बाङको संयोजकत्वमा नगर समन्वय समिति गठन गरी काम भईरहेको नगरपालिकाद्धारा जारी विज्ञप्तीमा उल्लेख छ। हरेक वडामा वडा अध्यक्षको संयोजकत्वमा समिति बनाएर सचेतना जगाउने काम अघि बढाइएको जानकारी दिएको छ।

विज्ञप्तीका अनुसार विपत कोष खडा गरेको छ। कोषमा २१ लाख रुपैयाँ नगरपालीकाले जम्मा गरेको र स्वेछिक सहयोगका लागि आवश्यक गरीएको जानकारी दिइएको छ। यस्तै, नागरपालीकाले लकडाउनको बेला दैनिक गुजारा चलाउन समस्या पर्ने मजदुरहरुको तथ्याङ्क संकलन गरी राहत प्याकेजको व्यवस्था गर्ने घोषणा समेत गरेको छ।

प्रकाशित: १५ चैत्र २०७६ १२:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App