८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

दाङमा दुई जनाको कोरोना रिपोर्ट नेगेटिभ

दाङ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा रहेका दुई जना बिरामीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। जापान र भारतबाट केहि दिनअघि घर आएका घोराहीका दुई जनाको रिपोर्ट नेगेटिभ आएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति डा. संगिता भण्डारीले जानकारी दिईन्।

उनीहरुको नमूना परीक्षणका लागि डा. भण्डारी बिहीबार आफै काठमाडौँ लगेर गएकी थिईन्। ‘काठमाडौँमा म आफैले लिएर आएका दुई जनाको परीक्षणमो नेगेटिभ रिपोर्ट आएको छ,’ उनले भनिन् ‘अन्य तीन जनाको भने बुटवलको टोलीले संकलन गरेर लिएको हो।’

प्रतिष्ठानको आइसोलेसन कक्षमा उपचाररत अन्य तीन जनाको भने परीक्षण रिपोर्ट आईनसकेको प्रष्तिठानका कायममुकायम रजिष्ट्रार कैलाशप्रसाद देवले जानकारी दिए। यी तीन जनाको परीक्षणका लागि प्रदेश ५ सरकारबाट आएको स्वास्थ्यकर्मीहरुको टोलीले स्याम्पल लिएर गएको थियो। यो टोलीले हप्ता दिनअघि नै स्याम्पल संकलन गरेर लिएको भएपनि अहिलेसम्म रिपोर्ट आउन सकेको छैन।

प्रकाशित: १५ चैत्र २०७६ ११:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App