coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

दोस्रो र पाँचौ संक्रमित किशोरी एउटै विमानमा थिए

काठमाडौं- नेपालमा कोरोना भाइरसको संक्रमण देखिने क्रम बढ्दै आएको छ। बाग्लुङकी एक १९ वर्षिया किशोरीमा पनि कोरोना संक्रमण देखिएसँगै नेपालमा संक्रमितको संख्या पाँच पुगेको छ।

संक्रमण भएको दोस्रो र पाँचौ व्यक्ति एकै विमानमा आएको पनि पाइएको छ। हाल ती किशोरीको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ। उनले नेपाल आएलगत्तै निजी अस्पतालबाट औषधी किनेर लगेको र सेवन गरेको खुलेको छ। किशोरीको स्वास्थ्य सामान्य भएको हुँदा काठमाडौं ल्याउने कुनै तयारी नभएको शुक्रराज अस्पताल टेकुले जनाएको छ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ५ पुगेको छ। एक जना उपचार पछि घरफर्किएका छन् भने ४ जना उपचाररत छन्। ती मध्ये टेकु अस्पतालमा २ जना, धनगढी अस्पतालमा एक जनाको उपचार भईरहेको छ। बाग्लुङकी १९ बर्षिय युवती भने घरमै सेल्फ क्वारेन्टाईनमा बसेको र निरन्तर चिकित्सकको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ। ती युवती बेल्जिएमबाट कतार हुदै कतार एयरवेजको क्यू आर सिक्स फाईब टु नम्बरको उडानबाट काठमाण्डौ आएको प्रवक्ता डाक्टर देवकोटाले जानकारी दिए । उनी मार्च १७ तारिक अर्थात् चैत ४ गते नेपाल आएकी थिईन्।

प्रवक्ता डाक्टर देवकोटाले नमुना परीक्षणको संख्या बढाउनुपर्ने अवस्था रहेको बताए। उनले मुलुकका कतिपय स्थानमा क्वारेन्टाईनमा नबसेको सूचना आईरहेको उल्लेख गर्दे संक्रमितको संख्या बढ्दै गर्दा क्वारेन्टाईनमा बस्नुपर्ने विषयलाई कडाईका साथ लागु गर्नुपर्नेमा जोड दिए। उनले घर भित्रै बसेर आफु, परिवार, समाज र सरकारलाई सहयोग गर्न पनि सबैलाई आग्रह गरे।

प्रवक्ता डाक्टर देवकोटाले आवश्यक पीपीई सामान लगायतका सामान लिन साढे १२ बजे नेपालको वाईडवडी जहाज चाईना गएको र आईतबार सम्म ती समान प्राप्त भई वितरण भईसक्ने जानकारी दिए। उनले धरानमा शनिबारदेखि कोरोना संक्रमणको परीक्षण सुरु भएको जाननकारी दिए। त्यसैगरी, चाइनाबाट सामान आएपछि हेटौडा, पोखरा, नेपालगञ्ज लगायत स्थानमा पनि नमुना परीक्षण सुरु गर्ने गरि आवश्यक तयारी गरिएको उनले बताए।

उनले हालसम्म ८ सय ७५ वटा नमुना परीक्षण गरिएको र ३२ वटा परीक्षणको क्रममा रहेको जानकारी दिए। मन्त्रालयले शनिबारदेखि थप एउटा कल सेन्टर स्थापना गरेको छ। ११ १५ को साथै ११ ३३ मा पनि कल गर्न सकिने मन्त्रालयले जनाएको छ।

               

प्रकाशित: १५ चैत्र २०७६ ११:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App