७ वैशाख २०८१ शुक्रबार
समाज

जसले पुर्‍याइदिए विपन्नका घरघरमै चामलका बोरा

स्थानीयको घरघरमै सामग्री पुर्‍याउँदै नायक राज घिमिर ।

काठमाडौं- कुनै राजनीतिक नेता कार्यकर्ता होइनन् उनी। राजनीति प्रति त्यति मोह पनि छैन। तर, आपत्विद्तका बेला जनताको घरदैलो पुगेर सहयोग गर्न दौडादौड हुन्छ उनलाई। ७ वर्षअघि चपलिहाइट र लुट चलचित्रमा नायकको भूमिका निर्वाह गरेका राज घिमिरे अहिले आफ्नो कारलाई जनताको राहत सामग्री बोक्ने साधन बनाएका छन्। कारको बाहिरपट्टी माइक झुन्डाएका छन्।

कोरोना सचेतनाको सन्देश बाड्दै लगनखेलदेखि उनी गोदावरी नगरपालिका र बागमती गाउँपालिकाका विकट ठाउँहरुमा पुग्छन्, दाल चामल, सेनिटाइजर, मास्क, औषधिलगायत सामग्री बोकेर। चामलका बोरा र अन्य सामग्री गाउँलेहरुको ढोकै पु¥याइदिन्छन्। परिवारको आर्थिक अवस्थाबारे जानकारी लिएपछि मात्रै उनले राहत सामग्री उपलब्ध गराउँछन्, निःशुल्क रुपमा।

विपन्नलाई राहत प्याकेज नछुट्याउँदा उनीहरुलाई दैनिकी गुर्जान असहज भइरहेकोले आफू गाउँ गाउँ पुगेको उनको भनाई छ। उनले २० बोरा चामल, हजार पीस मास्क, चार कार्टुन साबुन, सेनिटाइजरलगायत सामग्री वितरण गरेका छन्।

संसारभर फैलिएको कोरोना भाइरसको भयले सबैजना घरभित्रै क्वारेन्टाइनमा छन्। यस्तो बेला बाहिर निस्कनु आफ्नै लागि पनि खतरा हो। उनलाई पनि घरभित्रै सुरक्षित बस्न मन छ। तर, आपद्का बेलाआफू घरभित्रै बस्दा दुःखी गरिब तथा विपन्नहरुले के खाए होलान् भन्ने सोचले छटपट बनायो उनलाई। मनकारी सोचका नायक घिमिरे अहिले त्रासबीच गाउँगाउँमा राहत सामग्री बाड्दै हिडेका छन्।

दिनभरी उनी माइक घन्काउँदै गाउँगाउँ पुग्छन् र कोरोना सचेताको सन्देश फैलाउँछन्। ‘घरभित्र आनन्दले बस्न पनि सक्थेंँ होला, तर विपन्नको बारेमा कस्ले सोच्ने, राजनीतिक दलको मात्रै कति आशा गर्नु, यस्तोेबेला परोपकारी काम गर्न सक्नुपर्छ,’ उनले सुनाए। आफूलाई सुरक्षित राख्न उनी हातमा पञ्जा, मास्क, चस्मा लगाउँछन्। राहत सामग्री हस्तान्तरण गर्दा उनी सामाजिक दुरी कायम राख्छन् र कोहीसँग झ्याप्पै नजिक पर्दैनन्। अलि परै बसेर सहयोग गर्छन्।

सरकारले घरबाहिर ननिस्कनु भनेतापनि विपन्नलाई राहत प्याकेज नछुट्याउँदा उनीहरुलाई दैनिकी गुर्जान असहज भइरहेकोले आफू गाउँ गाउँ पुगेको उनको भनाई छ। उनले २० बोरा चामल, हजार पीस मास्क, चार कार्टुन साबुन, सेनिटाइजरलगायत सामग्री वितरण गरेका छन्। शनिबार विहानदेखि उनी गोदावरी नपा र बागमती गाउँपालिकाका कोरोना जोखिम क्षेत्रहरुमा किटनाशक औषधि छर्कन जुटेका छन्। किटनाशक औषधि छर्कनको लागि गोदावरी खोला सरसफाईका संयोजक देवीराज भण्डारी र समाजसेवी सन्तोष कुवँर पनि उनीसँगै छन्।

पाँच दिन यता गोदावरी नगरपालिकाका १ देखि ४, १०, १३ र १४ वडामा घिमिरेले कोरोना संक्रमणबारे माइकिङ तथा राहत सामग्री उपलब्ध गराएका हुन्। ललितपुरको दक्षिणी भेगमा पर्ने भट्टेडाँडा र छपेली क्षेत्रमा पनि उनी माइकिङ गर्र्दै पुगेका थिए। ‘म कलाकार हुँ, मलाई त्यस्तो लोकप्रियता चाहिएको छैन, मेरो सहयोगले कसैको पेट भरियोस् भन्ने मात्रै चाहन्छु,’ उनी भन्छन्।

सरकारले कोरोना संक्रमणको भयलाई ध्यानमा राख्दै सर्वसाधारणलाई घरबाहिर ननिस्कनु भनेको छ। तर, दैनिक परिश्रम गरेर छाक टार्दै आएका सर्वसाधारणलाई यतिबेला दैनिकी गुजार्न कठिन भइरहेको अवस्था छ। सरकारले ज्याला मजदुरी गरेर खाने सर्वसाधारणको लागि कुनै राहत प्याकेज घोषणा गरेको छैन। गोदावरी क्षेत्रका एक हजार भन्दा बढी घरधुरीका परिवार दैनिक पारिश्रमिकबाटै जिविका चलाउँदै आएका छन्। ज्यालाको भरमा दैनिकी धान्दै आएका उनीहरुको दैनिकीमा नायक घिमिरेले केही सहजता प्रदान गरेका छन्।

नायक घिमिरेका अनुसार सहरी इलाकामा बाहिर ननिस्कन प्रहरीले कडाई गरेतापनि ग्रामिण भेगमा भने मानिसहरु आफूखुसी बाहिर निस्कने गरेका छन्। उनीहरु बाहिर निस्कनु हुन्न भन्ने अज्ञानता र जनचेतना समेत छैन। आफूले माइकिङ गर्दै जाँदा स्थानीयहरु सचेत भएको र बाहिर निस्कनेक्रम कम भएको उनले बताए। ‘यतिबेला सहर र गाउँको माहोल बेग्लाबेग्लै छ, सहरमा मानिसहरु घरभित्रै छन्, तर गाउँलेहरु जम्मा भएर जुवातास खेल्ने, भोजभतेर जस्ता कार्य पनि गरेको पाइयो, त्यसैले उनीहरुमा सचेतना चाहिन्छ यतिबेला,’ उनले सुनाए।

शुक्रबार र शनिबार उनी गोदावरी क्षेत्रको टौखेल, किटीनि कलेज, वडा कार्यालय, अड्डा र त्यस क्षेत्रका तामाङ बस्तीहरुमा केन्द्रित भएर राहत र जनचेतना बाड्दै हिडेका थिए। नायक घिमिरे नेपाली चलचित्र लुट र चपली हाइट फिल्मबाट चर्चामा आएका थिए। पछिल्लो समय उनी नयाँ चलचित्रको अभ्याससँगै सामाजिक कार्यमा केन्द्रित छन्।
 

प्रकाशित: १५ चैत्र २०७६ १०:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App