coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

संक्रमण नफैलियोस भन्दै भगवती मन्दिरमा पूजा र बलि

त्रिपुराकोटस्थित श्रीवालात्रिपुरासुन्दरी भगवती मन्दिरमा कोरोनाको संक्रमणको संकटमोचनको लागि पूजा र बलिबोकाको संकल्प गर्दै त्रिपुरासुन्दरी नगरपालिका १ त्रिपुराकोट महिला समूहका महिलाहरु ।

डोल्पा- देशमा कोरोना भाइरसको संक्रमण फैलिदै गर्दा र भाइरस रोकथामको औषधि पत्ता नलागेकाले दैवीशक्तिमा विश्वास बढ्न थालेको छ। पछिल्लो समय जिल्लामा कोरोना भाइरसको संक्रमण नफैलियोस भन्दै यहाँका महिलाहरुले भगवती मन्दिरमा बलि बोका चढाएर विशेष पूजाआजा गरेका छन्।

नेपालमा पनि कोरोना संक्रमित पहिचान भएसंगै त्रिरासुन्दरी नगरपालिका १ त्रिपुराकोटका महिलाले वडाबासी लगायत जिल्लाबासी र नेपाली जनतामा कोरोनाको संक्रमणले अकालमा ज्यान नजाओस भन्दै चैत दशैको अवसरमा बोका बलि चढाएर पूजाआजा गरेका हुन्। त्रिपुरासुन्दरी नगरपालिका-१ कोट डाँडामा अवस्थित नेपालकै प्रमुख शक्तिपीठ मध्येको एक श्रीवालात्रिपुरासुन्दरी भगवतीको मन्दिरमा त्रिपुराकोट गाउँका महिलाहरुको तर्फबाट गाउँ र नगरपालिका क्षेत्र लगायत देशबासीमा कोही कसैको कोरोना लगायत अन्य संक्रमणबाट अकालमा मृत्यु नहोस भनेर देवीमन्दिरमा एक रात जागा बसेर बिशेष पूजाआजा गरेको महिला समूहकी अध्यक्ष भगवती न्यौपानेले बताइन्।

महिलाहरुले कोरोना भाइरस संक्रमण जिल्लामा नआओस भनेर मन्दिरमा पुगेर बिशेष पूजाआजा गरि बोकाबलि चढाएर नगर जिल्ला र देशबासीको दिर्घजीवनको कामनासहित भगवतीसंग संकटमोचनको लागि याचना गरेका हुन्। नेपाल देश र नेपाली दैवीशक्तिमा आशक्त भएकाले र जस्तोसुकै संकटमा पनि ईश्वरप्रति विश्वास मान्दै संकटमोचनको कामना गर्दै आएकोले देशमा जस्तोसुकै अनिष्ट पनि दैवीशक्तिले हटाउने गरेको जनविश्वास रहदै आएको महिला समूहकी कोषध्यक्ष लक्ष्मी रोकायाले बताइन्।

यसअघि त्रिपुरासुन्दरी नगरपालिकाले पनि कोरोना भाइरस नफैलियोस भन्दै नगर जिल्लाबासी र देशबासीको दिर्घजीवनको कामना गर्दै चैत दशैको घटस्थापनाको दिनमा बिशेष पूजाआजा गरि बोका बलि चढाइएको थियो।
 

प्रकाशित: १५ चैत्र २०७६ १०:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App