८ वैशाख २०८१ शनिबार
समाज

कोरोना कहर, अस्पताल आउनै छोडे नियमित बिरामी

रोल्पा - कोरोना महामारीको त्राससंगै अस्पतालमा आउने अन्य नियमित बिरामीको संख्या शुन्य जस्तै भएको छ। दैनिक करिब सय बढी बिरामी आउने रोल्पा अस्पताल केहि दिन यता सुनसान जस्तै छ। उता गाउँ गाउँमा रहेका स्वास्थ्य चौकिमा पनि नियमित बिरामी आएका छैनन्। 

आखिर एउटा महामारीको त्रासले अन्य रोगीहरु कसरी घटे वा रोग दबाएर बसिरहेका छन् भन्ने बारे गतिलो जानकारी कसैसंग पनि छैन। यो अबस्थामा बिरामीहरु स्वास्थ्य सस्थामा नआउनुलाई सकारात्मक रुपमा लिनुपर्ने रोल्पा अस्पतालका डा. अनिल केसी बताउछन। ‘अहिलेको अबस्थामा होम क्वारेन्टाईन उत्तम विधि हो।’

त्यसो त अस्पतालमा चाज गर्न आउने गर्भवतीहरुको नियमित चेक पनि घटेको छ। अस्पताल वा अन्य स्वास्थ्य संस्थामा सुत्केरी हुन आउनेहरु पनि घटेका छन्। ‘गर्भजाचका लागि दिनमा एक दुई जना आउछन्। हामीले पनि ईमरजेन्सी बाहेक अरुलाई नआउनु भनेका छौ।’ अस्पतालकी स्टाफ नर्स मिना कवरले भनिन् ‘गर्भवतीलाई आवस्यक पर्ने आईरन चक्की महिला स्वास्थ्य स्वयंसेविकाले घरमै लगेर दिनुहुन्छ।’

स्वास्थ्य सस्था मै पुगेर स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानिमा औषधि खुवाईने टिबीका बिरामीलाई पनि एक हप्ताका लागि औषधि दिएर पठाईएको लिवाङ स्वास्थ्य चौकिका सुमन आचार्यले बताए। उनका अनुसार बिरामीहरु कोरोना संक्रमणको डरले ननिस्केका हुन। यति बेला गर्भ निरोधका लागि हरेक तिन महिनामा लगाईने डिपो प्रयोगकर्ताहरु पनि समस्यामा परेका छन। 

सुस्त स्थानीय सरकार
कोरोना महामारीले बिश्व नै आक्रान्त भईरहदा घर छेउँमा रहेका भनिएका स्थानीय सरकार भने निकै सुस्त देखिएका छन्। आफ्नो गाउँमा भारत तथा अन्य बाहिरी मुलुकबाट कति जना भित्रिए र उनिहरु कस्तो अवस्थामा छन् भन्ने बारेमा जनप्रतिनिधिले तथ्याङ्क खोजेका छैनन्। 

कतै कतै स्वास्थ्यकर्मीको पहलमा जनप्रतिनिधिहरु जनचेतनाका लागि गाउँ गाउँमा हिड्ने गरेको भए पनि आम रुपमा जनप्रतिनिधिको भुमिका सकारात्मक देखिएको छैन। ‘यति ठूलो महामारी छ। हजारौ रोल्पाली बाहिरबाट जिल्ला भित्रिएका छन् तर एउटा पनि क्वारेन्टाईन बनाइएन।’ नागरिक अगुवा खेम बुढा भन्छन् ‘केहि वडाका केहि जनप्रतिनिधि बाहेक अरु प्राय सुस्त देखिएका छन्।’ 

स्वास्थ्य कार्यालय प्रमुख अनिल केसी पनि जनप्रतिनिधिहरु त्यति सकृय भएको नदेखेको बताउछन्। रोल्पा नगरपालिकाका मेयर बाहेक अन्य ९ स्थानियतहका कुनै पनि जनप्रतिनिधिले आफुसंग सम्पर्क नगरेको बताए। जिल्ला अस्पतालका पुराना स्वास्थ्यकर्मी कुलबहादुर डागि पनि जिल्लाका जनप्रतिनिधि अलि सुस्त नै भएको बताउछन्। ‘बाहिरबाट आएकालाई खोज्ने, क्वारेन्टाईनमा बस भन्ने, जनचेतना जगाउनेमा चासो दिएका छैनन् अर्थात अधिकांस जनप्रतिनिधि सचेत छैनन्।’

रोल्पा नगरपालिकाका प्रमुख पुर्ण केसी भने जनप्रतिनिधि सकृय भएको बताउछन्। ‘बाहिरबाट जिल्ला भित्रिनेहरुको रेकर्ड राख्न थालिएको छ। जनप्रतिनिधिले होम क्वारेन्टाईनमा बस्नका लागि सम्झाईरहेका छन्। केहि जनप्रतिनिधिले पत्राचार समेत गरेका छन्। उता थवाङ गाउँपालिकाका प्रमुख बिरबहादुर घर्तीले बाहिरबाट आएकाहरुको खोजिकार्य जारि रहेको बताए। ‘खोज्दै छौ। रेकर्ड बनाउदै छौ। सिक्किम, मलेसिया, कतार तिरबाट आएका केहि भेटिएका छन, उनिहरुलाई घरमै बस्न भनेका छौ।’ 

जिल्लामा रहेका एम्बुलेन्स चालकहरुले पनि आफुहरुलाई सुरक्षाका लागि कुनै ब्यबस्था नगरिएको बताएका छन। उनिहरुले संक्रमणको संका गरिएका बिरामीलाई बोक्नु पर्ने अबस्थामा पिपिई बिना बोक्न नसकिने बताएका हुन्।

प्रकाशित: १५ चैत्र २०७६ ०९:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App