coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

म्याग्दीमा कीटनाशक औषधि छर्न सुरु

बेनीबजारमा दमकलबाट भाइरस मार्न क्लोरिन पाउडर छर्कदै । तस्बिर : हरिकृष्ण गौतम

म्याग्दी- विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि म्याग्दीको सदरमुकाम बेनीबजारमा दमकलबाट कोरोना भाइरस मार्ने कीटाणुजन्य पदार्थ क्लोरिन पाउडर छर्कन सुरु गरेको छ।

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जिल्लाको सदरमुकाम बेनी लगायत सहायक बजारहरुमा शनिबारदेखि कोरोना भाइरस संक्रमण फैलन नदिन कीटनाशक औषधि छर्न सुरु गरिएको बताए। ‘जिल्लामा उपलब्ध सबै स्रोतसाधनको प्रयोग हुन्छ,‘हामीले जिल्ला बाहिरबाट आउने खाद्यान्न बोकेका सवारी साधनलाई समेत स्प्रे छर्कने छौ’ प्रजिअ ढकालले भने।

बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको सहयोगमा बेनी नगरपालिकाको दमकल र जिसी ग्रुपको ट्यांकर प्रयोग गरी शनिबार विहान बेनीबजारका सबै चोकगल्लीहरुमा छर्किएको प्रजिअ ढकालले बताए। किटाणुको नष्ट गर्ने अभियान अन्तरगत पहिलो चरणमा करिब ५० केजी क्लोरिन पाउडरको प्रयोग गरिएको छ। पाउडरको ०.२ प्रतिशतले ब्याक्टेरिया र ०.५ प्रतिशतले भाइरसकै नष्ट हुने भएकाले सार्वजनिकस्थलमा भाइरसको संक्रमणको उच्च जोखिमलाई मध्यनजर गरी दमकलमा बसेर प्रजिअ ढकाल र प्रहरी नायव उपरिक्षक किरणजंग कुँवरले नै बेनीबजार भरी अनुगमन गरेका थिए। क्लोरिनले कोरोनाका किटाणुबाट बच्न सहयोग गर्दछ।

यसैबीच जिल्ला सुरक्षा समितिले ग्रामिण क्षेत्रमा निषेधाज्ञाको कार्यान्वनका लागि गस्तीसहित निगरानी बढाउने योजना बनाएको छ। विश्वका विभिन्न देशमा सार्वजनिकस्थलबाटै भाइरसको संक्रमण बढ्न थालेपछि किटनाशक घोल र पाउडरको प्रयोग गर्ने गरिएको छ। बजार क्षेत्रमा रहेका सार्वजनिक स्थान, विद्युतको पोल लगायतमा कीटाणु भएमा नष्ट गर्न सघाउने भएकाले यसलाई आवश्यकता अनुसार पुनः प्रयोग गरिने बताइएको छ।

पहिलो चरणमा करिब २ सय केजी क्लोरिन पाउडरको आवश्यकता रहेको छ। लकडाउनको अवस्थामा अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र सरकारले थालेको कोरोना रोकथाम र नियन्त्रण अभियानमा सघाउन समेत नियमित माईकिङ गरिएको छ। नेपाल प्रहरीको नेतृत्वमा सशस्त्र प्रहरीले समेत आवश्यकता अनुसार सहयोग गर्ने छ।
 

प्रकाशित: १५ चैत्र २०७६ ०९:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App