coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

रौतहटमा ८ पुलकाे शिलान्यासपछि हाइ कमाण्डकाे अादेशमा मन्त्री लेखक काठमाडाैं फिर्ता

रौतहट– रौतहट जिल्लाको विभिन्न नदी तथा खोलाहरुमा एक साथ आठ पुलको शिलान्यास गरिएको छ। भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रमेश लेखकले रौतहटको बागमती, चाँदी, तरहारी, लमाहालगायतका ठूला र साना नदीहरुमा दुई दिनमा करिव तीन अर्ब लागतमा निर्माण हुने आठवटा पुलहरुको शिलान्यास गरेका छन्।

केही दिनदेखि रौतहट र सर्लाही जिल्लाको विभिन्न नदीहरुमा निर्माण गरिने पुलहरुको शिलान्यास कार्यक्रममा व्यस्त रहेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकलाई काठमाडौं आउन पार्टी हाइकमाण्डले आदेश जारी गरेपछि बाक्लो हुस्सुमा मंगलबार बिहानै ६ बजेदेखि लालबकैया नदीको ३ वटा स्थानमा पुलको शिलान्यास गरी काठमाडाैं फर्किएका छन्।

बिहानको बाक्लो हुस्सुमा पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्री लेखकले डिभिजन सडक कार्यालयको मातहतका मटियर्वा करुनिया जोड्ने लालबकैया, मध्यमाञ्चल पुल सेक्सन २ का मातहतका इनर्वा देवाही र जिगडवा बेलविछवा तेजापाकड जोड्ने लालबकैया नदीमा शिलान्यास गरेका हुन्। हतार हतारमा शिलान्यास गरी कटहरिया स्थित लाल बकैया नदीमा निर्माण भएको पक्कि पुलको उदघाटन कार्यक्रमलाई विचमै छाडी मन्त्री लेखक काठमाण्डौ लागेपछि कटहरियाबासीहरु निरास भएका थिए।

हिजो संसदमा कोरम नपुगेपछि पार्टी हाईकमानले मन्त्री लेखकलाई तुरुन्ते काठमाडौं आउन निर्देशन दिएपछि डिभिजन सडक कार्यालय रौतहटले निर्धारित कार्यक्रमलाई पूरा गराउन नेपाली काँग्रेस क्षेत्र नम्बर ५ बाट निर्वाचित सुनिल यादवसँग अरुवा नदीमा कटानी विजयपुर रामदासी, अरुवा नदीमै पररिया नोकल्वा रोड र निजगढ फास्ट ट्रेकसम्म जाने विजयपुर मेवा बंकुल रोडको समेत शिलान्यास गरिएको डिभिजन सडक कार्यालय रौतहटका डिई अरबीन्द गुप्ताले जानकारी दिए।

आज जिल्लाको पश्चिमी भेग लाल बकैया, अरुवा र सडक गरी करिव १ अर्व १० करोड रकममा उक्त विकास निर्माणको कार्यहरु धमाधम सुरु गरिएको बताउदै डिई गुप्ताले निर्धारित समयमा सम्पूर्ण कार्यहरु सम्पन्न गर्न सम्बन्धित कन्ट्रक्सनलाई निर्देशन दिएको तथा सो कार्यलाई पुरा गराउन आफू लगायत प्राविधिक कर्मचारीहरुद्धारा अनुगमन गर्ने प्रतिबद्धता जनाए ।

सोमबार मन्त्री लेखकले रौतहट र सर्लाही जिल्लाको सीमा नदीको रुपमा रहेको बागमतीको माधोपुर र गंगापिपरामा गरी २ ओटा पुलको शिलान्यास गरे। त्यस्तै, चन्द्रपुर नगरपालिकामा पर्ने गैडाटार स्थित चाँदी नदी, रंगपुर गाविसको कोठियारमा पर्ने लमाहा खोला र पिपरिया दोस्तीयामा पर्ने तरहारी पुलको शिलान्यास गरेका थिए।

प्रकाशित: २६ पुस २०७३ १३:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App