७ वैशाख २०८१ शुक्रबार
समाज

कोभिड –१९ :  बीस परीक्षण नेगेटिभ

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गरेको कोरोना हेल्प डेस्क। तस्बिर :रोहित राई

धरान - प्रदेश नम्बर एकमा कोरोना आशंका गरिएका विभिन्न व्यक्तिहरुको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ। प्रदेशभरिबाट हालसम्म २५ जनाको थ्रोट स्वाबको नमुना परीक्षण गर्न काठमाण्डौस्थित प्रयोगशाला पठाइएको थियो।

ती मध्ये शुक्रबार बेलुकासम्म २० जनाको रिपोर्ट नेगेटिभ आएको प्रदेश स्वास्थ्य महाशाखा प्रमुख सुरेश मेहताले जानकारी दिए। ‘प्रदेश एकबाट २५ जनाको स्वाब परीक्षण गर्न काठमाण्डौ पठाइएको थियो, ती मध्ये २० जनाको रिपोर्ट नेगेटिभ आएको छ,’मेहताले भने,‘बाँकी ५ जनाको पनि रिपोर्ट चाडैं आउछ।’ प्रदेशभरिको २० जनाको रिपोर्ट पठाइएको मध्ये १३ जना धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पठाइएको हो। ‘हामीले पठाएको १३ जनाको रिपोर्ट नेगेटिभ आयो, यो राम्रो हो।

संक्रमणबाट जोगिन लकडाउनमा अझै रहनुपर्छ,’प्रतिष्ठानका सहप्रवक्ता डा.अशोक ऐरले भने। नेपालमा अहिलेसम्म ४ जना संक्रमित भेटिएका छन्। ती मध्ये एक जना निको भएर घर फर्किसकेका छन् भने २ जनाको काठमाण्डौंमा र एक जनाको धनगढीस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। प्रदेश १ मा भने अहिलेसम्म कोरोना संक्रमित भएको पुष्टि भएको छैन।। ६९७ क्वारेन्टाइनमा, १५ जना आइसोलेसनमा प्रदेश सरकारका अनुसार विभिन्न स्थानमा रहेको क्वारेन्टाइन र होम क्वारेन्टाइन गरि कुल ६९७ जना नागरिकहरु क्वारेन्टाइनमा बसेका छन्। प्रदेश आपतकालिन कार्य सञ्चालन केन्द्र, विराटनगरका अनुसार ३२८ जना क्वारेन्टाइनमा बसेका छन् भने ३६९ जना होम क्वारेन्टाइनमा छन्।

डिस्चार्ज भएकाको संख्या ७८ जना छन्। प्रदेशको १०९ स्थानमा १८४८ संख्यामा क्वारेन्टाइन बेड तयार गरिएको पनि प्रदेश सरकारले जनाएको छ। यस्तै, आइसोलेसनमा ५ महिलासहित १५ जना उपचाररत अवस्थामा रहेको पनि प्रदेश सरकारले जानकारी दिएको छ। यसबाहेक ५ जना उपचार पश्चात डिस्चार्ज भएको तथ्यांक केन्द्रले दिएको छ। प्रदेश भरि ३९ ठाउँमा २५६ बेड आइसोलेसन संख्या छ। यस्तै, हालसम्म २९ स्थानमा ३७५ बेड संख्यामा आइसियु संख्या रहेको पनि केन्द्रले जनाएको छ।

प्रकाशित: १५ चैत्र २०७६ ०८:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App