coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

लकडाउन प्रभाव : ताप्लेजुङका तरकारी हाट पनि ठप्प

ताप्लेजुङ- कोरोना संक्रमणका कारण मुलुकभर गरिएको लकडाउनको प्रभाव ताप्लेजुङका तरकारी बजारमा समेत देखिएको छ।

तरकारीजन्य दैनिक उपभोग्य बस्तुको खरिद बिक्री हुने सदरमुकाम फुङ्लिङस्थित तोक्मे हाटमा सञ्चालन भएन। तोक्मेमा हरेक शनिबार तथा मंगलबार तरकारीजन्य दैनिक उपभोग्य बस्तुको खरिद बिक्री हुने गर्छ। यस्तै मेरिङ्देन गाउँपालिकाको वडा नं ३ खाम्लुङस्थित दोभान बजारमा साप्ताहिक रुपमा लाग्ने हाट त सूचना नै टाँसेर स्थगित गरिएको छ।

मेरिङ्देन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङ्देम्बेले कोरोना संक्रमणको सन्त्रास सामान्य अवस्थामा नआउदासम्मका लागि दोभान बजारमा लाने साप्ताहिक हाट बजार स्थगित गरिएको जानकारी दिए। प्रशासन कार्यालयले भने सागसब्जी तथा तरकारी बिक्री गर्ने पसलहरुले बिना भिडभाड खरिद बिक्री गर्न सकिने बताएको छ।

प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले तरकारी उत्पादक आफैंले पनि आफ्नो उत्पादन बिक्रीका लागि बिना भिडभाड बिक्री केन्द्र तथा बजारसम्म लगेर घर–घरबाटै समेत दिन सक्ने बताए। लकडाउनका कारण उपभोक्तालाई दैनिक उपभोग्य बस्तुको अभाव हुन नदिन प्रशासन चनाखो भएको उनको भनाई छ।

प्रकाशित: १५ चैत्र २०७६ ०८:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App