coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

परिवर्तनको पक्षमा उभिइदिन पत्रकारलाई महतोको आग्रह

वीरगंज-सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले परिवर्तन चाहिरहेका विभेदमा परेका जनताहरुको अवाज उठाई दिन पत्रकारहरुलाई आग्रह गरेका छन्। उनको पार्टी निकट प्रेस मंच नेपालको पहिलो केन्द्रिय महाधिवेशन उद्‍घाट गर्दै महतोले संचारकर्मी र संचारमाध्यमहरुलाई साकारात्मक पविर्तनको संवाहक बन्न आग्रह गरे।

मञ्चका केन्द्रिय अध्यक्ष संतोष पटेलको सभापतित्वमा शुरु उद्‍घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी महतोले हिमाल, पहाड र तराईमा शोषण र उत्पीडनमा रहेका जनताको आवाज उठान गर्न आवश्यक रहेको बताए।

देश विकासमा पत्रकारहरुको भूमिका महत्वपूर्ण भएको उनले दोहोर्‍याए। उनले पत्रकारहरु स्वतन्त्र र निर्भिक भएर काम गर्नुपर्ने टिप्पणी पनि गरे। कार्यक्रममा पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण, बरिष्ठ उपाध्यक्ष नवलकिसोर साह, महासचिव मनिष सुमन, सह महासचिव सुरेन्द्र कुर्मी लगायतले शुभकामना दिएका थिए। उद्‍घाटन सत्रमा आयोजकले महतोलाई १०१ किलोको फूलको मालाले स्वागत गरेका थिए। वीरगंजस्थित गोपाल मण्डलीमा दुई दिनसम्म चल्ने महाधिवेशनमा तराईका २२ जिल्लाका ३०० जना प्रतिनिधीको उपस्थिती रहेको मंचका अध्यक्ष पटेलले बताए।

प्रकाशित: २६ पुस २०७३ १२:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App