८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

न्युयोर्कबाट आएकालाई यात्रामा प्रतिवन्ध

बोस्टन - अमेरिकाको न्युयोर्कबाट आएका व्यक्तिलाइ विभिन्न राज्यमा हिडडुल गर्न प्रतिवन्ध लगाइएको छ।  अमेरिकाको टेक्सास, फ्लोरिडा, मेरिल्याण्ड र साउथ क्यार्रोलिना राज्यमा यस्तो व्यवस्था गरिएको हो। ती राज्यहरुले न्युयोर्कबाट आएकालाई कम्तीमा १४ दिन क्वारेन्टाइनमा बस्न पनि आग्रह गरिएको छ। 

अमेरिकामा कोरोना भाइरसको केन्द्र जस्तै बनेको न्युयोर्कसंगै न्युर्जसी र संगै जोडीएका अन्य ठाउबाट आएकालाई पनि घरमै बस्न आग्रह गरिएको अधिकारीहरुले बताएका छन।  यसरी हिडडुल गर्न प्रतिवन्ध लगाउने राज्य सरकारको निर्णयलाई कतिपयले भने सविधान विपरीत भएको टिप्पणी गरेका छन। 

कोरोना भाइरसको सङ्क्रमण फैलिएका देशमा लकडाउन घोषणा गरिएपनि अमेरिकाले भने लकडाउनको निर्णय नगरेको तर केही राज्यले सेल्फक्वारेन्टाइनमा बस्न लगाउने व्यवस्था गरिएको छ।  क्वारेन्टाइनमा बसेकाहरुको रेखदेख र विवरण संकलन सरकारी अधिकारीहरुले गरिरहेको प्रहरीले जनाएको छ।  उनीहरुको अनुसार कतिपय यात्रुहरुले स्वघोषणा गरेर सेल्फक्वारेन्टाइनमा बसेका छन भने,कतिपयलाई आग्रह गर्नुपरेको छ। एपी

प्रकाशित: १५ चैत्र २०७६ ०७:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App