coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

रौतहटमा लकडाउनकै अवधिमा एक किशोरी बलात्कृत

रौतहट- रौतहटमा लकडाउनको अवधिमै एक किशोरीमाथि बलात्कार भएको छ। लकडाउनमा सर्वसाधारणको ध्यान कोरोना भाइरसको सन्त्रासले त्रसित भइरहेको बेलामा एक किशोरीमाथि बलात्कारको घटना सार्वजनिक भएको हो।

रौतहटको कटहरिया नगरपालिकाको वडा नम्बर ७ मा किशोरीमाथि बलात्कार भएको हो। एकजना १७ वर्षीया किशोरीमाथि स्थानीय २८ वर्षका भाग्यनारायण साहले बलात्कार गरेका हुन्। घरमा कोही पनि नभएको मौका छोपी साहले छिमेकी किशोरीलाई आफ्नो घरमा बोलाएका थिए। घरभित्र पसेपछि साहले भित्रबाट ढोका बन्द गरी युवतीमाथि बलात्कार गर्दै भिडियो बनाएका थिए। बलात्कार गरेपछि साहले कसैलाई घटनाबारे बताउँदा सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गरिदिने धम्की दिएका थिए।

घटना भएको दिन बलात्कृत किशोरीका आमाबुबा खेतमा काम गर्न गएका थिए। बलात्कृत किशोरीले घरमा आमालाई घटनाबारे बताएपछि घटना सार्वजनिक भएको हो। घटनाबारे युवतीका बुबाले प्रहरीलाई जानकारी गराएका छन्।

इलाका प्रहरी कार्यालय गरुडामा डिएसपि ज्ञानकुमार महतोले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन्। बलात्कार भएको भनिएको युवतीको स्वास्थ्य परीक्षण गरिएको र बलात्कार गर्ने युवकको खोजी भइरहेको जानकारी गराएका छन्। घटनाबारे विस्तृत जानकारी आउन बाँकी रहेको डिएसपि महतोले बताए।

प्रकाशित: १५ चैत्र २०७६ ०७:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App