८ वैशाख २०८१ शनिबार
समाज

बैतडीमा चितुवाको आक्रमणबाट महिला घाइते

बैतडी- चितुवाको आक्रमणबाट एक महिला घाइते भएकी छन्। शिवनाथ गाउँपालिका–४ मकैलकी २८ वर्षीया जन्तरी चन्दलाई चितुवाले आक्रमण गरी घाइते बनाएको जिल्ला प्रहरी प्रमुख डिएसपी डिल्लीनारायण पाण्डेयले बताए।

शुक्रबार राति करिब ७ बजेतिर घर नजिकै रहेको धाराबाट पानी लिएर फर्कने बेला चितुवाले आक्रमण गरेको हो। महिलाको पिठ्यु र गालामा घाउ रहेको प्रहरीले जनाएको छ। महिलालाई आक्रमण गर्ने बितिक्कै स्थानीय बासिन्दाले होहल्ला गरेपछि चितुवा भागेको थियो। महिलाको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।

विगत ८ वर्षदेखि जिल्लाको दक्षिणी तल्लोस्वराड क्षेत्रमा चितुवाका आक्रमणमा परी २५ जनाले ज्यान गुमाइसकेका छन्। बेलाबेलामा चितुवाले आक्रमण गर्दा तल्लोस्वराडका बासिन्दा त्रसित बनेका छन्। चितुवाले बिशेष गरेर बालबालिका र महिलालाई आक्रमण गर्दै आएको छ।

प्रकाशित: १५ चैत्र २०७६ ०६:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App