coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

खोटाङमा लकडाउन अवज्ञा गर्ने पक्राउ

खोटाङ – जिल्लमा ‘लकडाउन’ पालना नगर्ने २३ जना पक्राउ परेका छन्। कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिन नदिनका लागि सरकारले लागू गरेको ‘लकडाउन’को अवज्ञा गर्ने स्थानीयलाई प्रहरीले पक्राउ गरेको हो। शुक्रबार ११ जना पक्राउ परेको दिक्तेल बजारमा शनिबार थप ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी वामदेव गौतमले बताए।

यस्तै, ऐसेलुखर्क बजारमा ‘लकडाउन’को अवधिमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। लकडाउनको अवधिमा घरैमा सुक्षितसाथ बस्न र कोरोना भाइरसको संक्रमण फैलिनबाट बच्नका लागि जारी गरिएको सन्देश पालना गर्नुको सट्टा बजारमा हिँडडुल गरेकाले उनीहरूलाई नियन्त्रणमा लिइएको डिएसपी गौतमले बताए।

प्रहरीले ‘लक डाउन’ उल्लङ्घन गरि चलाइएका तीन वटा मोटरसाईकल पनि नियन्त्रणमा लिएको हो। 

प्रकाशित: १५ चैत्र २०७६ ०६:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App