coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

फुङ्लिङमा दैनिक उपभोग्य बस्तुको माैज्दात सूची तयार

ताप्लेजुङ- कोरोना नियन्त्रण तथा व्यवस्थापन जिल्ला समितिले ताप्लेजुङ सदरमुकाम फुङ्लिङका व्यवसायीसंग भएका दैनिक उपभोग्य बस्तुको अत्यावश्यक सामग्रीको अनुमानित माैज्दात सूची तयार पारेको छ।

शुक्रबार बिहान तयार संकलन भएको प्रारम्भिक सूचीका आधारमा थप सामग्रीको आपूर्ति तथा व्यवस्थापन गर्न सहज हुने कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका सचिव एवम् प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए। संकलित सूची अनुसार शुक्रबार अपरान्हसम्म यहाँ ८ सय २ क्विन्टल चामल, ४ सय २८ काटन खाने तेल, १ सय ३ बोरा दाल, १ सय १२ बोरा चिनी र १ सय ३० थान ग्याँस सिलिण्डर माैज्दात रहेको पाइएको छ।

यसैबीच कोरोना नियन्त्रण तथा व्यवस्थापन जिल्ला समितिले उपभोक्ताको खरिद सूची नदोहोरिने गरी बिना भिडभाड दैनिक उपभोग्य बस्तुको सामग्री बिक्रीका लागि पसल खुल्ला गरिदिन यहाँका व्यवसायीलाई आग्रह गरेको छ। समिति संयोजक एवम् जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले अत्यावश्यक दैनिक उपभोग्य सामग्री खरिदका लागि उपभोक्ताको हितलाई ध्यानमा राखेर उपभोग्य सामग्री बिक्री गर्ने पसल नियमित सञ्चालनका लागि आग्रह गरेका छन्।

उता ताप्लेजुङ उद्योग बाणिज्य संघले खाद्यान्न सामग्री बिक्री गर्ने पसलहरुलाई आफ्नो पसल अगाडि आफ्नो मोवाईल नम्बर र ल्याण्ड लाईन नम्बर राख्न र उपभोक्ताले सम्पर्क गर्ने बित्तिकै बिना भिडभाड मौज्जाद सामग्री बिक्री गर्ने वातावरण मिलाउन आग्रह गरेको छ। ताप्लेजुङ उद्योग बाणिज्य संघका अध्यक्ष तारानाथ घिमिरेले अत्यावश्यक सामग्री खरिद गर्ने उपभोक्ताको लगत व्यवस्थापन गरी दैनिक उपभोग्य सामग्री बिक्रीका लागि व्यवसायीलाई आग्रह गरेका छन्।

प्रकाशित: १४ चैत्र २०७६ १०:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App