६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

कोरोना विरुद्ध सँगै लड्न अमेरिकी राष्ट्रतिलाई चिनियाँ राष्ट्रपतिको आग्रह

बेइजिङ -  चिनियाँ राष्ट्रपति सि चिनफिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हाल विश्वव्यापी महामारीका रुपमा देखिएको कारोना भााइरसका विरुद्ध एक भएर लड्न आग्रह गरेका छन्। चिनियाँ राष्ट्रपति सिले आज अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फोन गरेका थिए। सोही क्रममा राष्ट्रपति सिले अमेरिकी राष्ट्रपति ट्रम्पलाई सो प्रस्ताव राखेका हुन।

चिनियाँ सरकारी मिडियाले आज सो विषयमा जानकारी गराएका हुन्। चीन र अमेरिका पछिल्लो समयमा कोरोनाबाट बढी प्रभावित भएका छन्। तर चीनमा भने यो भाइरसको सङक्रमण नियन्त्रणमा आइसकेको बताइएको छ। चीनको उहानबाट निस्किएको यो भाइरसबाट हाल संसारका करिब पाँच लाख मानिस सङक्रमित भइसकेका छन्। साथै यसबाट २४ हजार भन्दा बढी नागरिकको ज्यान गइसकेको छ।

चिनियाँ राष्ट्रिय प्रसारण सिसिटिभीले जनाएअनुसार चिनियाँ राष्ट्रपति सिले अमेरिकी राष्ट्रपति ट्रम्पलाई कोरोना भाइरससम्बन्धी सूचनाहरु आदानप्रदान गर्ने र आगामी दिनमा यसका विरुद्धमा मिलेर लड्ने प्रस्ताव गरेका थिए। यसैबीच आजमात्र प्राप्त समाचारमा चीनमा भन्दा बढी सङक्रमित व्यक्ति अमेरिकामा भेटिएका छन्। अमेरिकामा हाल ८५ हजारभन्दा बढी व्यक्ति भेटिएका छन् भने त्यहाँ एक हजार  ३०० ज्यान गइसकेको छ। एएफपी

प्रकाशित: १४ चैत्र २०७६ १०:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App