coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

स्वास्थ्यकर्मीका लागि पचास लाखको बीमा गरिदिन माग

वीरगन्ज- पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद प्रदिप यादवले कोरोना भाइरस(कोभिड–१९)को महामारीविरुद्ध आममानिसको स्वास्थ्यका लागि खटिरहेका देशभरका स्वास्थ्यकर्मीहरूको पचास लाख रुपैयाँको जीवन बीमा लगायतको माग गरेका छन्। महामारीले विश्वव्यापी रूपमा उत्पन्न भएको मानवीय संकटको संवेदनशील घडीमा डाक्टर तथा स्वास्थ्यकर्मीहरुको सुरक्षाका सवालमा संघीय सरकर, प्रदेश नम्बर २ सरकार, स्थानीय सरकारको ध्यानाकर्षण गराउन उनले जारी गरेको विज्ञप्तीमार्फत यस्तो मागहरु गरेका हुन्।

कोरोना महामारीविरुद्ध खटिरहेका हरेक स्वास्थ्यकर्मीहरुका लागि ५० लाख बराबरको जीवन बीमाको घोषणा गर्न, कोरोनाको संक्रमणका आशंका गरिएका बिरामीहरुको उपचारमा रहेका हरेक स्वास्थ्यकर्मीहरुका लागि कवचको रुपमा रहने विश्व स्वास्थ्य संगठनले सिफारिस गरे अनुसारको सुरक्षित पहिरनको व्यवस्था गर्न, शहरका अस्पतालदेखि गाउँका स्वास्थ्य संस्थासम्म मास्क, सेनिटाइजर र सुरक्षित पोषाक व्यवस्था गर्न तथा स्वास्थ्यकर्मीहरुसंग कुनै प्रकारको अप्रिय व्यवहार भएको खण्डमा सम्बन्धित व्यक्तिलाई अबिलम्ब कारवाहीको निर्देशन जारी गर्न उनले सरकारसंग माग गरेका छन्।

त्यस्तै, स्वास्थ्यकर्मीहरुको सुस्वास्थ्य र दिर्घजीवनका लागि कामना गर्न सर्वसाधारणमा उनले अह्वान समेत गरेका छन्। उसै पनि नेपालमा चिकित्सकीय जनशक्तिको अभाव रहेको र निजी अस्पतालमा रहेका जनशक्तिको यतिखेर उपयोग हुन पाएमा महामारीविरुद्ध खटिरहेका स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउन मद्दत मिल्ने उनले बताए। निजी अस्पतालमा रहेको जनशक्ति, संरचना र साधनहरुको कोरोना संक्रमणको रोकथाम तथा उपचारका लागि सदुपयोगको लागि अबिलम्ब नीतिगत निर्णय गर्न समेत उनले सरकारसंग माग गरेका छन्।

प्रकाशित: १४ चैत्र २०७६ १०:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App