४ वैशाख २०८१ मंगलबार
स्वास्थ्य

कपिलवस्तुका मुस्लिम समुदायले घरमै पढे बिशेष नमाज

कपिलवस्तु- कोरोना भाइरसको त्रास बढेपछि सरकाले लकडाउन गरेको बेला मुस्लिम समुदायको दोश्रो बढी बसोबास रहेको कपिलवस्तुका मुस्लिम समुदायले शुक्रबार जुमाको दिन मस्जिदमा नपढी घरमै नमाज अदा गरेका छन्। भीडभाडमा कोरोना फैलन सक्ने जोखिम रहेको र सरकारले समेत लकडाउन गरेकाले घरमै बसेर जमुको बिशेष नमाज पढेका हुन्।

तौहिलावक मुस्लिम अगुवा रउफ अहमद खाले जुमाका दिन मुस्लिम समुदायले अनिवर्य रुपमा मस्जिदमा गएर नमाज पढ्नु पर्ने भए पनि वर्तमान परिस्थितीले गर्दा घरमै पढ्ने आफूहरुले निर्णय गरेको बताए। यस विषयमा आफूहरुले मुस्लिम धर्म गुरु मौलानाहरुसंग समेत छलपल गरेको उनले बताए। ‘शुक्रबार मस्जिदमा नमाज पढ्ने हाम्रो धर्म हो तर अहिले विश्व नै कोरोनाको त्रासमा छ मानवता नै धर्म हो त्यसैले हामीले घर मै नमाज पढेका हौ’ उनले भने।

उता कृष्णनगरका मुस्लि अगुवा महसुद नेपालीले अहिलेको परिस्थिती र सरकारले गरको निर्णयको कार्यान्वयन गर्दै मस्जिदमा सामूहिक पाठन नगरिएको बताए। उनले नेपाल सरकारले दिएको निर्देशनलाई मुस्लिम समुदायले समेत अपनाई कोरोना भाइरसको रोकथाम गर्न र सचेतना अपनाइएको बताए। उनले मुस्लिम समुदाय मस्जिदमा जान दिएको तर नमाज पढ्नको लागि चार जना मात्र सहभागी भएको बताए।

कपिलवस्तुमा २ सय बढी मस्जिद छन्। हरेक  मस्जिदमा ५ सयदेखि  ३ हजारसम्म शुक्रबारको दिन नमाज पढ्ने गरिन्छ। यसै विषयमा बिहीबार कृष्णनगर चन्द्र्रौटाका मुस्लिम अगुवाहरुले विज्ञप्ती निकाल्दै बढी भिडभाड नगर्ने र शुक्रबारको नमाज आ–आफ्नो घरमा पढ्न मुस्लिम समुदायमा आग्रह गरेका थिए। उनीहरुले कोरोना भाइरसको त्रासबाट चाडै मुक्ति दिलाउन अल्लाहसंग प्रार्थना गरेको जनाएका छन्।

प्रकाशित: १४ चैत्र २०७६ १०:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App