८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

कोरोना कहर : गाउँगाउँमा गाउँले नियम !

गौरीगंगा–८, लिक्मा गाउँमा स्थानीयले अवरोध गरेको सडक । तस्बिरः पुष्पराज/नागरिक

कैलाली- लकडाउनका समयमा मानिसहरु गाउँमा ओहोरदोहोर गर्न थालेको भन्दै स्थानीयले गाउँले नियमहरु बनाएर लागू गर्न थालेका छन्। लकडाउनका बेला मानिसहरु आवत जावत गर्न थालेको भन्दै यहाँका स्थानीयले बाटो अवरुद्ध गरेर हिँडडूलमा प्रतिवन्ध लगाएका हुन्।

कैलालीको मध्यवर्ती क्षेत्र मसुरियाका अधिकांश गाउँका स्थानीयले सडकमा लठ्ठी तथा ढुंगामुढा राखेर आवागमन अवरुद्ध पारेका छन्। गौरीगंगा नगरपालिका वडा नम्बर-८ स्थित लिक्मा गाउँका स्थानीयले मट्कौना गाउँ छुट्याउने गरी सडकमा बाँसको डण्डा बाँधेर सडक अवरुद्ध गरेका हुन्। ‘मानिसहरु आफूखुसी रातदिन हिँडडूल गर्न थालेका छन्, उनीहरु हिँडडूल नगरुन् भनेरै हामीले सडक अवरुद्ध गरेका हौँ,’ राजेन्द्र चौधरीले भने,‘यसले गर्दा मानिस जथाभावी हिँडडूल गर्दैन।’

सडकमा बाँस बाँधेर बाँसमा पनि कोरोना सम्बन्धी चेतनामूलक सन्देश टाँसिएको उनले बताए। लिक्मा गाउँमा मात्रै हैन मट्कौना र कैलाशपुर छुट्याउने सीमामा मट्कौनाका युवाहरु मिलेर बाँस बाँधी सडक अवरुद्ध गरेका छन्। उनीहरुले पनि आफू अर्काको गाउँमा नजाने र अरुले पनि आफ्नो गाउँमा नआउने सहमति गर्दै सडक अवरुद्ध पारेको बताएका छन्।
    
 
 

प्रकाशित: १४ चैत्र २०७६ ०९:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App