८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

डोल्पाका स्वास्थ्यकर्मीले बनाए पीपीई

डाक्टरहरुले निर्माण गरेको व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) ।

डोल्पा- जिल्ला अस्पताल डोल्पाका स्वास्थ्यकर्मीले व्यक्तिगत सुरक्षा उपकरण आफै बनाएका छन्। कोरोना भाइरस (कोभिड-१९) ले देश लकडाउन भएको अवस्थामा स्वास्थ्य विभागले व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) समयमा उपलब्ध नगराएपछि जिल्ला अस्पतालका डाक्टरहरुले बजारकै प्लाष्टिकबाट व्यक्तिगत सुरक्षा उपकरण आफै निर्माण गरेर प्रयोगमा ल्याएका हुन। बिरामीलाई उपचारका क्रममा सुरक्षित रहन प्लाष्टिकका पीपीई निर्माण गरेको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेबी शर्माले जानकारी दिइन्।

उनका अनुसार डाक्टरहरुले पीपीई बनाएर नमुना जिल्ला प्रशासनमा पठाएको र अब बजारबाट प्लाष्टिक किनेर नेपाल आर्मीले सिलाउने बताइन्। पहिलो पटक डाक्टरले पीपीई पाँच थान निर्माण गरेर प्रयोग गरेका छन्। तर कति प्रभावकारी बारे भन्न नसकिने जिल्ला अस्पताल प्रमुख डाक्टर सिजन रावलको भनाई छ।

'आपतकालिन बेलामा यतिसम्म भएपनि सुरक्षित हुने छन् नहुनु भन्दा थोरै भएपनि सुरक्षाको अनुभुति हुनेछ माथिबाट सरकारले उपलब्ध गराउने बेलासम्म यिनै उपकरण प्रयोग गर्ने तयारीमा छौ,' डाक्टर रावलले भने।

बिरामीको चाप बढ्दो भइरहेका बेला औषधि केही मात्रै भएपनि जनशक्तिको अभाव रहेको र तर स्टाफर्नसको कमि रहेको  डाक्टर सिजन रावलले दुखेसो पोखे। पीपीई कम्तीमा पनि १५ देखि २० थानसम्म निर्माण गरेर अस्पताल, आइसोलेसन कक्ष र क्वारेन्टाइनमा खटिने सबै स्वास्थ्यकर्मीहरुलाई प्रयोग गर्न लगाइ उपचारमा संलग्न गराइने डाक्टर सिजन रावलले बताए।

यति बेला जिल्ला अस्पतालमा ग्लोब्स, मास्क, बुट लगायतका सामग्रीहरुको भने मौजात निकै कम भएकाले जोखिम मोलेर स्वास्थ्यकर्मीले काम गरिरहेका छन्।
 

 

प्रकाशित: १४ चैत्र २०७६ ०८:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App