coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

वडाध्यक्षको समन्वयमा अत्यावश्यक बस्तु उपलब्ध गराइने

सिद्धार्थनगर नगरपालिको कार्यालय

भैरहवा - कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि सिद्धार्थनगर नगरपालिकाले  कोष स्थापना गरेको छ। भाइरसका कारण उत्पन्न भएको विपदलाई तत्काल व्यवस्थापन गर्न सिद्धार्थनगर नगरपालिकाको बैठकले ११ लाख ५१ हजार रुपैया विनियोजन गर्दै कोष खडा गरेको सिद्धार्थनगर नगरपालिकाका प्रमुख मेयर हरि प्रसाद अधिकारीले जानकारी दिए।

बैठकले कोष व्यवस्थापनका लागि ९ सदस्यीय समिति समेत गठन गरेको छ। विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि स्थापित कोष नगरप्रमुख हरि प्रसाद अधिकारीको संयोजकत्वमा गठन भएको छ।

आम नागरिक कसैलाई अप्ठ्यारो पर्न नदिनेगरी काम गर्नु उप प्रमुख उमा काफ्ले, वडा नं ७ का वडा अध्यक्षभिमसेन कर्मचार्य, सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष कुल प्रसाद न्यौपाने, उद्योग ब्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायण भण्डारी, नागरिक समाज सिद्धार्थनगरका अध्यक्ष, उद्योगी तथा समाजसेवी कृष्णप्रसाद शर्मा, नारायण अग्रवाल, बैंकर्स एसोसिएसन सिद्धार्थनगरका अध्यक्ष समेत सदस्य रहने गरी समीती गठन भएको नगरपालिकाका सूचना अधिकारी देव ज्ञवालीले जानकारी दिए।

कोषमा मेयर अधिकारीको तर्फबाट व्यक्तिगत २१ हजार, उपप्रमुख उमाकाफ्लेबाट १५हजार र १३ वटै वडाका वडा अध्यक्षहरुबाट जनही एक हजारका दरले रकम उपलब्ध भएको छ। कोषको नाममा एभरेष्ट बैक लिमिटेड सिद्धार्थनगर शाखामा खाता खुलेको छ। कोषमा सहयोग गर्न र विपदमा श्रोत जुटाउन आम नागरिक, सरकारी तथा गैरसरकारी संघस्था, उद्योगी, व्यवसायी, नागरिक समाजलाई आग्रह गरिएको नगरापालिकाले जनाएको छ।

त्यसैगरि बैठकले खाद्यन्न तरकारी दुध औषधी लगायतका अत्यावश्यक बस्तुहरु सहज उपलब्ध गराउन सम्बन्धित सबै वडा अध्यक्षको समन्वयमा जिम्मेवारी दिई सञ्चालनका लागि पहल गर्ने निर्णय गरेको छ। 

 

प्रकाशित: १४ चैत्र २०७६ ०७:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App