coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बस दुर्घटनामा सहचालकको मृत्यु

फाइल तस्बिर : नागरिक

सल्यान - बस दुर्घटना हुँदा एक जनाको मुत्यु भएको छ। शारदा नगरपालिका ८ काटीगाउँबाट दुल्धारा पोखरा जाँदै गरेको ना ३ ख ७९७५ नम्बरको बस  मार्केबजार नजीकै दुर्घटना हुँदा सहचालकको घटनास्थलमै मृत्यु भएको हो।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ४ का १८ वर्षीय सुजन नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।  दुर्घटनामा परी शारदा  ८ का २६ वर्षीय सुरेन्द्र सेजवाल, २७ वर्षीय खेमराज बुढाथोकी र २८ वर्षीय थमन चलाउने घाइते भएको प्रहरीले जानकारी दिएको छ।

घाइतेको सल्यान अस्पतालमा उपचार भइरहेको र  अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। गाडीको टायर मर्मत गर्ने क्रममा  बस दुर्घटना भएको र सडकदेखि ५० मिटर तल खसेको छ। रासस

प्रकाशित: १४ चैत्र २०७६ ०४:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App