६ वैशाख २०८१ बिहीबार
समाज

ईट्टाभट्टाबाट फर्केका एक जनालाई आईसोलेसनमा राखियो

रोल्पा - रोल्पा अस्पतालमा एक ब्यक्तिलाई आईसोलेसनमा राखिएको छ। रोल्पा नगरपालिकाका ५८ वर्षिय एक व्यक्ति ३ दिन अगाडि काठमाण्डौस्थित एक ईट्टाभट्टाबाट मजदुरी गरेर फर्केका थिए।

 अस्पताल प्रमुख धनमाया घर्तीका अनुसार कोरोनासंग मिल्दो जुल्दो लक्षणहरु देखिएपछि उनलाई आईसोलेसनमा राखिएको हो। ‘बुटवल र दाङ अस्पतालमा कुरा गरेको अहिलेलाई यतै राखेर हेर्नु भन्ने आएको छ। अबस्था बिग्रीदै गयो भने बिरामीलाई बाहिर रिफर गर्छौ।’

भिटिएम अर्थात कोरोनाको संक्रमण भए नभएको स्याम्पल टेस्ट गर्न स्वाब संकलन गर्ने र संकलन गरिएको स्वाव पठाउनका लागि ट्रान्सपोर्ट मिडिया नभए पछि केहि दिन बिरामिलाई रोल्पा अस्पतालमै आईसोलेसनमा राखिने छ। ‘स्वाब पठाउनका लागि उपकरण छैन। अहिलेलाई अस्पतालमै आईसोलेसनमा राखेका छौ।’ स्वास्थ्य कार्यालय प्रमुख अनिल केसीले भने ‘उनको आईसोलेसनमा राखेर उपचार हुदैछ।’

‘बुटवलबाट दुईदिन यतै राख्ने भनिएको छ, भोली सम्म सुधार भएन भने बाहिर पठाउने छौ।’ प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले भने ‘अस्पतालमा बिरामीको आफन्त कोहि आएका छैनन्।’ अस्पतालले कोरोना संक्रमणको संका गरेका बिरामीको गाउँका वडा अध्यक्षका अनुसार बिरामीका परिवारलाई घर मै आईसोलेसनमा राखिएको छ। स्थानिय स्वास्थ्य चौकिले अस्पताल रिफर गरे पछि सदरमुकाम पठाइएको हो।’

अस्पतालका एक स्वास्थ्यकर्मीका अनुसार बुटवलबाट स्वाब लिन आउन नमानेको र बिरामी पनि तत्काल नपाउन भनेको छ। बिरामीका आफन्त कोहि नआएका कारण पनि रिफर गर्न समस्या भएको हो।

प्रकाशित: १४ चैत्र २०७६ ०४:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App