८ वैशाख २०८१ शनिबार
कला

लकडाउनमा ‘भर्चुअल नाटक महोत्सव’

काठमाडौं – कोरोना भाइरस संक्रमण रोकथामको लागि सरकारले लकडाउन गरिरहेको अवस्थामा विश्व रंगमञ्च दिवसको अवसर पारेर ‘भर्चुअल रंगमञ्च महोत्सव’ हुने भएको छ। बिहीबार थिएटर मल–कीर्तिपुर रंगमञ्चले प्रेस विज्ञप्तिमार्फत भर्चुअल रंगमञ्च महोत्सवको आयोजना गर्न लागेको जानकारी गराएको थियो।

‘कोरोना भाइरस संक्रमणका कारण सिर्जना भएको संकटको परिस्थितिमा रंगमञ्चका दर्शकसँग निरन्तर सम्बन्धमा रहन भर्चुअल रंगमञ्च महोत्सव गर्ने भएका छौं,’महोत्सव निर्देशक केदार श्रेष्ठले भने, ‘हरेक दिन फेसबुक पेजबाट नाटक लाइभ स्ट्रिमिङ हुनेछ। दर्शकहरूलेघरमा बसेर नाटक हेर्न सकिनेछ।’

शुक्रबारदेखि सुरू हुने ‘क्वारेन्टाइन अभियान नाट्य उत्सव’ को आयोजना थिएटर मल–कीर्तिपुर रंगमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसिसी नेपाल) ले संयुक्त रूपमा गर्दैछ। थिएटर मलको औपचारिक फेसबुक पेजमार्फत नाटक प्रस्तुत गरिनेछ। महोत्सवको पहिलो चरण सात दिनसम्म चल्नेछ। ‘सेल्फ क्वारेन्टाइनमा बसिरहँदा रंगमञ्चबाट टाढा हुन नपरोस् भन्ने हाम्रो ध्येय हो।

यसले रंगमञ्चका कलाकार र दर्शकबीच अन्तक्र्रियाको अवसर सिर्जना गर्नेछ ’, उनले भने, ‘यस्तो परिस्थितिमा नेपाली रंगमञ्चले केही गर्न सक्ने अवस्था छैन। रंगमञ्च आफैमा जटिल माध्यम हो। जसले दर्शकसँग नाटकमार्फत प्रत्यक्षमात्र संवाद गर्न सक्छ। दर्शकको दैनिक जीवनयापन सहज बनाउन र मानसिक रूपमा साथ दिन भर्चुअल माध्यम प्रयोग गर्दै नाटकको भिडियो फेसबुकको भित्तामा प्रस्तुत गर्दैछौं।’ उनले ‘क्वारेन्टाइन अभियान नाट्य उत्सव’ मा आ–आफ्ना नाटकको भिडियोसहित सहभागी हुन रंगकर्मीहरूलाई आग्रह गरेका छन्।

लाइभ स्ट्रिमिङमा विभिन्न समय र स्थानमा मञ्चन भएका नाटक प्रस्तुत गरिनेछ। केदार श्रेष्ठले निर्देशन गरेको ‘मान भर्सेस मती’ नामकबाट महोत्सव सुरू हुनेछ। ‘लाइभ स्ट्रिमिङ थिएटरको समयजस्तै ठिक समयमा सुरू हुनेछ। लाइभ स्ट्रिमिङपछि नाटक पुनः हेर्न नपाइने भएकाले दर्शकलाई समय छुट्याउन समेत आग्रह गर्न चाहन्छौं’, महोत्सव संयोजक सञ्जिता पराजुलीले भनिन्, ‘लाइभ स्ट्रिमिङ भएका नाटकको भिडियो डाउनलोड गर्न र मोबाइल वा क्यामेराले खिच्न निषेध छ।

नियम पालना गर्नेलाई भने सर्वाधिकार र साइबर कानुन लागू हुनेछ।’ उनका अनुसार नाटकको समयावधि एक देखि दुई घण्टासम्मको हुने र लाइभ स्ट्रिमिङ भिडियो सार्वजनिक रूपमा सेयर गर्न सकिनेछ। लाइभ स्ट्रिमिङपछि थिएटर मलको फेसबुक पेजमार्फत अन्तत्र्रिmया गर्न सकिनेछ।

प्रकाशित: १४ चैत्र २०७६ ०१:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App