सात सय भन्दा बढीको कोरोना परीक्षण

बिहिबार, १३ चैत २०७६, २० : ४६ नागरिक

काठमाडौं- सरकारले मुलुकभरका लागि हब हस्पिटलका लागि छुट्टै फिवर क्लिनिक सञ्चालन गर्न प्रति अस्पताल १० लाख रुपैयाँ उपलब्ध गराएको छ। विहिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव यादव कोइरालाले अहिलेसम्म शंका लागेका ७ सय भन्दा बढी नमुनाको परीक्षण गरिएको र ती मध्ये ३ जनामा मात्रै कोरोना देखिएको जानकारी दिए।

ज्वरो आउने, रुघा लाग्ने जस्ता लक्षण देखिएर कोरोनाका संकामा जाँचका लागि आएका विरामीलाई राख्नका लागि छुट्टै फिवर क्लिनिक सञ्चालन गर्नुपर्ने बाध्यकारी व्यवस्था गर्दे सरकारले त्यसका लागि प्रति अस्पताल १० लाख रुपैया दिएको हो। जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव यादव कोइरालाले हब अस्पताललाई छुट्टै फिवर क्लिनिक सञ्चालन गर्नुपर्ने व्यवस्था गर्दै ती अस्पताललाई १० लाख उपलब्ध गराईएको जानकारी दिए। साथै त्यस्ता विरामीको जाँचका लागि सरकारले आफ्नै ढंगको पीपीइको मापदण्ड बनाएको र सोही मापदण्ड अपनाउन भनिएको पनि उनले स्पष्ट पारे।

उनले भने “साधारण रुघाखोकी लागेको विरामीको जाँच गर्नका लागि भनेर पीपीई गाईडलाईन बनाएका छौ र पीपीई गाईडलाईन अनुसार उपचारमा संलग्न हुन भनिएको छ।”

त्यसैगरी सरकारले सबै पालिकालाई विदेशबाट आएका व्यक्तिलाई आफ्नो क्षेत्रमा क्वारेन्टाईनमा राख्न निर्देशन दिएको छ। साथै क्वारेन्टाईनमा बसेका व्यक्तिमा कोरोना भाइरस संक्रमणको लक्षण देखिएमा तत्काल आईसोलेसनमा राख्ने तथा आईसोलेसनमा राखिएकाहरुको स्वास्थ्य गम्भीर बन्न थाल्यो भने स्वाव परीक्षण गर्न पठाउन निर्देशन गरेको छ। सचिव यादवले क्वारेन्टाईन र आईसोलेसनमा राख्ने तथा त्यसको सम्पुर्ण रिपोर्ट केन्द्र सरकारलाई गराउने सम्बन्धमा स्पष्ट निर्देशिका बनाएर प्रदेश र स्थानीय सरकारलाई पठाईएको बताए। स्थानी जनप्रतिनिधिलाई दैनीक क्वारेन्टाईनको अनुगमन गरि संक्रमितको, विदेशबाट आएका र आईसोलेसनमा रहेकाको अवस्थाको जानकारी दैनिक रुपमा गृहमन्त्रालयमा भनिएको उनले स्पष्ट पारे।

उनले भने “यदि त्यस्तो किसिमको सिमटम देखिदा स्वासप्रश्वासमा असजिलो भएको छ र सिमटमबाट माथिल्लो स्टेजमा पुगेको छ भने तुरुन्तै स्वाब परीक्षणका लागि केन्द्र वा नजिकको परीक्षण केन्द्रमा पठाउन अनुरोध गरेका छौ। ”

विदेशबाट आउदैमा डराईहाल्नुपर्ने अवस्था नभएको भन्दै उनले सेल्फ क्वारेन्टाईनमा बस्न र कोरोना भाइरसको संक्रमण देखिए तत्काल तोकिएको स्वास्थ्य केन्द्रमा सम्पर्क गर्न आग्रह गरे।

 

               





यसमा तपाईको मत

अन्य समाचार

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोन डिस्प्लेलाई भाइरस र किटाणु मुक्त बनाउनुहोस् ! ...

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

प्रोसेसरको दौडमा Intel झन् धेरै पछि पर्दै - AMD ले ल्यापटपमा पनि जित्यो ! ...

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलले नयाँ म्याकबुक एयर र आइप्याड प्रोलाई अनलाइन नै सार्वजनिक गरिएको छ ...

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

सामाजिक संजाल प्रयोग गर्दा निम्न कुराहरु ध्यानमा राख्नु आवश्यक छ ...

Ncell Footer Ad