coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

आपतकालिन रणनीति बनाउन सुझाव

काठमाडौं- जनस्वास्थ्यका लागि नागरिकले कोरोना संक्रमण फैलिन नदिन आपतकालिन रणनीति बनाउन सरकारलाई सुझाव दिएका छन्।

डाक्टर महेश मास्के, कनकमणि दिक्षित, सुशील प्याकुरेल लगायत नागरिक अगुवाले विहिबार उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोख्रेरलाई भेटी संक्रमण फैलिन नदिन तत्काल प्रदेश र स्थानीय निकायसंग समन्वय गरि आपतकालिन रणनीति बनाउन सुझाएका हुन्। कोरोना संक्रमण फैलिएका देशबाट धेरै संख्यामा नेपाल फर्किएका नागरिकलाई सुरुमै क्वारेन्टाईनमा नराख्नु र उनीहरुको ट्रेस पनि नहुनुले जोखिम बढाएको भन्दै उनीहरुले शंकास्पदहरुको तत्काल पहिचान गरि क्वारेन्टाईनमा राख्ने व्यवस्था कडाईका साथ गर्न  माग गरेका छन्। स्थानीय र प्रदेश सरकारसंग समन्वय गरि फ्लु आउटब्रेक भएको वा नभएकोबारे दैनिक जानकारी लिनुको साथै क्वारेन्टाईनमा बस्न भनिएका व्यक्तिको संख्या एकिन गर्न पनि उनीहरुले सुझाएका छन्।

जनस्वास्थ्यका लागि नागरिकले स्वास्थ्यकर्मीका लागि अत्यावश्यक सामाग्रीको आपूर्ति तत्काल गर्न , तत्काल आपूर्ति गर्ने अवस्था नभए देशभित्रै पिपिई उत्पादन गर्ने काम सुरु गर्न, ल्याब/उपचारको प्रोटोकल तयार गरी कन्ट्याक्ट टे«सिंग सुरु गर्न , लक्षण नदेखिएका तर विरामीको सम्पर्कमा आएका व्यक्तिलाई आईसोलेट गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

स्वास्थ्यका लागि नागरिकले केन्द्रमा एकीकृत कमाण्ड सञ्चालन गर्न तथा स्थानीय र प्रदेशको गतिविधि समेत समेटेर एकद्धारबाट दैनिक मिडिया ब्रिफिङ गरि सूचना सम्प्रेषणको व्यवस्था मिलाउन पनि माग गरेका छन्।

बन्दाबन्दीका कारण्ण रोजगारी गुमाएका कमजोर वर्ग, दैनिक ज्यालादारी, नाङ्लो पसल आदि सञ्चाल गर्नेका लागि राहत कार्याक्रम ल्याउन पनि उनीहरुले सरकारको ध्यानाकर्षण गराएका छन्।

               

प्रकाशित: १३ चैत्र २०७६ १४:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App