८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

इन्डोनेसियामा शक्तिशाली भुकम्प

चीन- इन्डोनेसियाको सेलेवेस सामुद्रिक क्षेत्रलाई केन्द्रविन्दु बनाएर मङ्गलबार विहान २ बजेर १३ मिनेट जाँदा शक्तिशाली भुकम्प गएको चिनियाँ भुकम्प नेटवर्क केन्द्र (सिइएनसी)ले जनाएको छ।

सिइएनसीका अनुसार विहीबार विहानै गएको भुकम्प ७.२ म्याग्निच्युडको भएको र भुकम्पको केन्द्रविन्दु ४.५३ डिग्री उत्तरी अक्षांश र १२२.६९ पूर्वी देशान्तर (इन्डा्नेसिया) मा परेको थियो।

तर अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस) केन्द्रले भने उक्त भूकम्पीय कम्पन ६.९ म्याग्नीच्युडको भएको जनाएको छ।

भुकम्पबाट भएको क्षतिबारे समाचार मङ्गलबार समाचार तयार पार्दासम्म विस्तृत विवरण प्राप्त हुन सकेको छैन ।भुकम्पका कारण सुनामी आउनसक्ने विषयमा कुनै चेतावनी भने दिइएको छैन। रासस/ सिन्ह्वा

 

प्रकाशित: २६ पुस २०७३ ०८:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App