coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

विदेशबाट आएकालाई अनुहार हेरेर औषधि

बेनी अस्पतालमा दुई दिनअगाडी ल्याइएको पीपीई पोशाकमा डा. मनोज घिमिरे । तस्बिर : हरिकृष्ण गौतम

म्याग्दी- पश्चिम म्याग्दीको तीनवटा गाउँपालिकाका जनतालाई सेवा दिइरहेको मालिका गाउँपालिका–६ दरबाङमा अवस्थित प्राथमिक उपचार केन्द्रमा बिरामीलाई चेक गर्दा चिकित्सकले लगाउने पीपीई (पर्सनल प्रोटेक्टिभ इक्यूपमेन्ट) छैन। छिमेकी जिल्ला बागलुङका केही गाउँबाट समेत उपचारका लागि आउने केन्द्रमा चिकित्सकले जोखिम मोलेर बिरामीको उपचार गरिरहेका छन्। स्थानीय, प्रदेश सरकारलाई रुघाखोकी, ज्वरोका बिरामीलाई चेकजाँच गर्दा आवश्यक पर्ने सामग्रीको व्यवस्थापनका लागि पटक–पटक जानकारी गराउँदा समेत सुनुवाई नभएपछि जोखिम मोलेर उपचारका खटिएका छन्।

चिकित्सकको सुरक्षाका लागी आवश्यक पर्ने पिपिई लगायत आवश्यक न्युनतम सामग्रीको उपलब्धता नहुँदा समस्या भएको केन्द्रका प्रमुख डा. तिलक गौतमले बताए। ‘विदेशबाट आएका बिरामीको उपचारमा स्वास्थ्यकर्मीले समेत भगवान सम्झिनुपर्ने अवस्था छ,‘उहाँहरुलाई तत्काल औषधि दिएर घरमै सुरक्षित बस्न अनुरोध गरेका छौ’ डा. गौतमले भने। दैनिक केन्द्रमा आउने २०–३० जनामा करिब १० जनाको हाराहारीमा रुघाखोकी, ज्वरोका बिरामी हुने गरेको डा. गौतमको भनाई छ। कोरोना भाइरसको आशंकामा आउने बिरामीलाई स्वास्थयकर्मीले टाढाबाटै औषधि दिएर पठाउन थालेपछि गाउँमा थप जोखिम बढेको छ। स्वास्थ्यकर्मीको उपलब्धता भएपनि आवश्यक उपकरणको अभावले समस्यामा परेका छन्।

जिल्लमा विरामीको उपचारमा करिब डेढ सय आवश्यकता भएपनि पीपीई पोशाक २७ वटा रहेको छ। बेनी अस्पताल बाहेक जिल्लाका ३९ वटा स्वास्थ्य चौकी, स्थानीय तहले स्थापना गरेका प्राथमिक स्वास्थ्य केन्द्रमा पीपिई पोशाक, उपचारको क्रममा स्वास्थ्यकर्मीले प्रयोग गर्ने मास्क छैन। एक स्वास्थ्य संस्थामा न्यूनतम २ वटा पिपिई आवश्यक पर्छ। एकपटक प्रयोग गरेपछि दुई दिनसम्म प्रयोग गर्न नमिल्ने बेनी अस्पतालका चिकित्सकको भनाई छ।

यता स्थानीय तहले स्वास्थ्यकर्मीले रुघाखोकी र ज्वरोको बिरामीलाई चेकजाँच गर्न बेनी अस्पतालमा हाल २१ वटा पिपिई छन्। अस्पतालले फिबर क्लिनिकमा दैनिक ७ वटा पीपीईको प्रयोग गरिरहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कुटवालले बताए। जिल्लाका सबै स्थानीय तहले स्वास्थ्यकर्मीको जोखिमलाई मध्यनजर गरी पीपीई सेट, मास्क र अन्य उपकरण उपलब्ध गराउने जनाएका छन्।
 

 

प्रकाशित: १३ चैत्र २०७६ ११:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App